विप्लव नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय जनपरिषद प्रमुख तथा स्थायी कमिटि सदस्य सन्तोष बुढामगरले मुलुकलाई वाह्य हस्तक्षेपबाट रोक्नको लागि सम्पूर्ण देशभक्तहरु एक हुनुपर्ने बताएका छन् ।

नेकपा माओवादी मकवानपुरको आज हेटौँडामा सुरु भएको जिल्ला सम्मेलनमा बोल्दै प्रमुख अतिथी समेत रहेका बुढाले नेकपा माओवादीले उठाएको जनक्रान्ति नेपाली जनताको भएको दाबी गरे ।
राज्यले देशभित्र रहेको नागरिकहरुको सुरक्षा दिनुपर्ने ठाउमा वर्षैा वर्षदेखि भुमिहीन किसानहरुको घर टहरामा आगो लगाउने र बालीनालीहरुमा डोजर चलाएर सरकार जनउत्तरदायी नभएको बताए ।
यदि सरकारले यस्तो गम्भीर गल्तीहरु अझ् दोहोराउदै जाने हो भने नेकपा (माओवादी) अधिकारको निम्ती अन्तिम युद्धको बाटोमा लम्कन तयार रहेको बुढाले चेतावनी दिए ।
‘यदि यो सरकारले हामीहरुलाई युद्धतर्फ ढकेल्छ भने जनताले त्यसकाे प्रतिराेध गर्ने छन् । सेना र हतियारदेखी जनता डराउने छैनन् ।’ बुढाले भने- ‘बदलिदो युगमा बदिएकाे युगअनुरूप संघर्ष गर्नेछाैं । जनतालार्इ प्रतिक्रियावादीहरूले नहेपे हुन्छ ।’
नेपाल कम्युनिस्ट पाटी माओवादी नारायणी अञ्चल ब्युरो संयोजक चिरण पुनले माक्सवादको मान्यतालाई आत्मसाथ गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरुप क्रान्ति गर्नु वर्तमानको आवश्यक्त भएकाे बताए ।

कार्यक्रममा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघका सदस्य एवं अखिल नेपाल यातायताका मजदुर संघका केन्द्रीय संयोजक गोकुल दहालले विप्लव माओवादीलाई यो संसदवादले विना कसुर झुक्झकाईरहेको बताए ।
आजबाट सुरु भएको सम्मेलनले भोली पार्टीको नयाँ नीति तथा नेतृत्व निर्माण गर्ने भएको छ ।
सम्मेलनमा ३ सय प्रतिनिधीहरु सहभागी रहेका छन् । कार्यक्रममा बारा जिल्ला सेक्र्रेटरी विरोध शर्मा, पर्सा जिल्ला सेक्र्रेटरी अर्जुन, नारायणी ब्युरो सदस्य स्लाम अन्सारी, महिला संघकी नारायणी ब्युरो संयोजक मनु आछामी, युवा जनस्वयमसेवकका नारायणी ब्युरो संयोजक जीवन लामा र तामाङका नारायणी ब्युरो संयोजक सुर्य तामाङ लगायतकाको उपस्थीति रहेको थियो ।
कार्यक्रम अघि बाजा गाजाको साथ नगर परिक्रमा गरी कार्यक्रम स्थलमा प्रवेश गरेको थियो ।








