माओवादी केन्द्रका नेता लोकेन्द्र बिष्टले नेत्र विक्रम चन्द विप्लवले साँच्चिकै नयाँ क्रान्ति गर्ने हो भने आफु पनि त्यसका लागि तयार हुने बताएका छन् । अाफु नयाँ क्रान्तिका लागि सकारात्मक भएको बिष्टको भनाई छ ।

राजधानीमा सहिद रचना प्रकाशन केन्द्रद्धारा आयोजित एक कार्यक्रममा बोल्दै नेता बिष्टले यस्तो धारणा राखेका हुन् ।

नेत्र विक्रम चन्द विप्लवले नयाँ क्रान्ति गर्न खोजिरहेको भन्दै विष्टले त्यो क्रान्तिमा सबै माओवादीलाई लिएर जानु पर्ने धारणा राखे ।

‘म व्यक्तिगत रुपले बन्दुकबिना क्रान्ति हुँदैन भन्ने कुरामा विश्वस्त छु ।’ बिष्टले विप्लव माओवादीका नेता प्रकाण्ड उपस्थिति रहेको सो कार्यक्रममा भने- ‘विप्लवजीले प्रचण्डसहित नयाँ क्रान्तिको बारेमा सबैलाई समेटेर लाने सोच्नुपर्छ ।’

आफ्नो पार्टीले बन्दुक बोक्ने संघर्षलाई परित्याग गरिनसकेको धारणा विष्टले सो कार्यक्रममा राखे ।

क्रान्तिको बाटो अलि फरक ढंगले जाँदै गर्दा यो बीचमा जनयुद्धको मुल नेतृत्वबाट केही कमजोरीहरु रहेको समेत बिष्टले सोही कार्यक्रममा स्वीकार गरे ।

जनयुद्धका सहिदका सपना पूरा नभएको भन्दै विष्टले त्यो सपना पूरा गर्न लाग्नुपर्ने उनको धारणा थियो ।

साथै उनले सहिदका सपनाका बारेमा प्रचण्ड, वैद्य र विप्लवले एउटै मंचमा आएर बोल्नु पर्ने बताए ।

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार