अाज अाइतबार रुपन्देही बुटवलबाट विभिन्न पार्टी परित्याग गरी नेत्र विक्रम चन्द विप्लव नेतृत्व माअाेवादीमा दुई दर्जन भन्दा बढी नेता कार्यकर्ता धुर्वीकृत भएका छन् ।

रुपन्देही जिल्ला क्षेत्र नं ३,ईलाका नं ९ अन्तरगत मान मटेरिया र दयानगर गाऊ मा वैद्य माआेवादीका जिल्ला नेता प्रलाद केवटसहित नेता कार्यकर्ता विप्लव माअाेवादीमा प्रवेश गरेका हुन् ।

त्यसैगरी माअाेवादी केन्द्र, एमाले र कांग्रेसका २ दर्जन नेता कार्यकर्ता पनि विप्लप माआेवादीमा ध्रूवीकृत भएका छन्।

नव ध्रुवीकृत नेता कार्यकर्ताहरुलाई रुपन्देही जिल्ला कार्यालय सदस्य एवंम क्षेत्र नं २ का ईन्चार्ज विश्ववास तथा ईलाका नं ९ का ईन्चार्ज मुकेश द्वारा अबिर टीका लगाई स्वागत गरिएकाे थियाे ।

देशैभरी विप्लव माअाेवादीमा प्रवेश गर्ने विभिन्न नेता कार्यकर्ताहरूकाे लहर नै चलेकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार