दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा साम्राज्यवादविरोधी नागरिक सैन्य अभ्यास सम्पन्न भएको छ ।

भेनेजुयलाको राजधानी काराकासमा जनवरी १४ मा सुरु भएको सो नागरिक सैन्य अभ्यास दुई दिनसम्म चलेर सम्पन्न भएको हो । साम्राज्यवाद खासगरी विदेशी संभावित धम्की र हस्तक्षेपका विरुद्ध सत्ताधारी दलको आव्हानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
दुई दिनसम्म चलेको सो नागरिक सैन्य अभ्यासमा सर्वसाधारण नागरिकहरुको ठूलो मात्रामा सहभागिता भएको थियो । जसलाई भेनेजुयला राष्ट्रपति निकोलस मडुरोका समर्थकहरु भनेर चिन्ने गरिन्छ ।
राष्ट्रका रक्षाका लागि विस्तृत साम्राज्यवादविरोधी अभियानको तयारीका लागि यस्तो प्रदर्शन गरिएको न्युज एजेन्सीहरुले बताएका छन् ।
सो नागरिक सैन्य अभ्यासमा १ लाख १५ लाख पुरुष र महिलाको ठूलो मात्रामा सहभागिता थियो ।








