नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादको नाममा हिटलर र मुसोलिनीको बाटो समाएर देशमा अस्थिरता निम्ताउन खोजेको आरोप लगाएका छन् ।

ओलीले रटान गरेको राष्ट्रवादभित्र कुनैबेला जर्मनमा हिटलर र इटालीमा मुसोलिनीले उरालेको नक्कली राष्ट्रवाद मात्र भएको भट्टराईको आरोप छ ।

अनलाइनखबरसँगको कुराकानीमा आधारित वार्तामा भट्टराईले ओली राष्ट्रवादको नाममा देशमा राजतन्त्र ब्युँताउन लागेको अर्को गंभीर आरोप लगाएका छन् ।

‘केपीजी त मुखौटा (नाम) मात्र हो । एजेण्डा त राजतन्त्रकै हो । त्यसैले यो खतरनाक छ । राजतन्त्रको नाममा जनताले स्वीकार नगर्ने भएकोले वाम खोलभित्रबाट त्यो एजेण्डा ल्याइयो भने जनता भ्रमित भएर केही समय पछाडि लाग्न सक्छन् ।’ भट्टराईले भनेका छन्- ‘किनकि राजतन्त्रको आधार भनेकै एकल जातीय अहंकारवादमा आधारित थियो । त्यसैले यी दुवै (राजतन्त्र र ओलिज्म) मा स्वतः नेचुरल अलाएन्स भइहाल्छ ।’

भट्टराईले ओलीसँग भारतीय हस्तक्षेपसँग कसरी लड््ने भन्ने सवालमा कुनै स्पष्ट भिजन नभएको आरोप पनि लगाएका छन् ।

ओलीले अमेरिकामा हालै निर्वाचित डोनाल्ड ट्रम्पले जस्तै अन्ध राष्ट्रवादको नारा ओरालेर चुनाव जित्छु भनेर नक्कली राष्ट्रवादको हल्ला चलाएको बताएका छन् ।

बाबुरामले भनेका छन्-‘ओलीजीले फेरि यो विषयलाई ट्रम्पले जस्तै अन्तै मोडेर चुनावी लाभ लिने प्रयत्न गरेको देखिएको छ । यो अन्त्यन्त खतरनाक छ र हामी सबै सचेत हुनुपर्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार