काठमाडौं /नेकपा (माओवादी) सम्पूर्णरूपमा आफ्नो पार्टीको ८औँ महाधिवेशनमा होमिएको छ ।

बृहत् बहससहित क्रान्तिका लागि नेकपा (माओवादी) को ८औँ महाधिवेशनमा होमिएको हो । सो पार्टीको महाधिवेशनको मुख्य नारा ‘संसदवाद, आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध सङ्घर्ष गरौँ ! माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गरौँ !!’ भन्ने रहेको छ ।

नेकपा (माओवादी) को उच्च स्रोतका अनुसार पार्टीले महाधिवेशनमा केही महत्वपूर्ण सैद्धान्तिक महत्वका विषयमा बृहत् छलफल गरेर निचोड दिंदैछ । उसको जोड माक्र्सवाद–लेनिनवाद–माओवादको विकासमा रहेका बताइन्छ । यस्तो बहसलाई सो पार्टीले अनिवार्य तर स्वाभाविक पनि मानेको छ ।

 

यस्ता छन् नेकपा (माओवादी) ले बृहत् बहस गरेर क्रान्तिकारी निचोड निकाल्न चाहेको मुख्य–मुख्य ७ एजेन्डा :

१. दर्शनमाथि बहस
(क) संसारलाई बुझ्ने, व्याख्या गर्ने र बदल्ने कुरा मात्रै हैन, अब त्यसको रक्षा र निरन्तर विकास गर्ने कुरा मुख्य हो । विपरीतको एकत्व र पार्टी दुईलाइन सङ्घर्ष एकै होइनन् ।

२. उत्तर–साम्राज्यवादमाथि बहस
निगम पुँजीवाद, त्यसको भूमण्डलीय स्वरूप, सूचना प्रविधिको विकास, प्रतिस्पर्धात्मक राजनीति र नगर–समाजको विकासलगायत थुप्रै कारणले आजको विश्व लेनिन र माओकालीनभन्दा विकसित र भिन्नै भएकोले त्यसलाई उत्तर–साम्राज्यवाद भन्नुपर्छ ।

३. एकीकृत जनक्रान्तिमाथि बहस
नगर–समाज, नयाँ श्रमिकवर्ग, विज्ञानप्रविधिको विकास, दलाल शक्तिको विकास मिश्रित जनबसोबास र देशभक्त शक्तिको उपस्थितिलगायत उत्तर–साम्राज्यवादी विश्वको कारणले क्रान्तिको नयाँ वैज्ञानिक कार्यदिशा एकीकृत जनक्रान्ति हो । एकीकृत जनक्रान्ति माक्र्सवाद–लेनिनवाद–माओवादको अन्तर्वस्तुमा विकास भएको विश्वकै सबैभन्दा पछिल्लो क्रान्तिकारी कार्यदिशा हो ।

४. कम्युनिस्ट नीति र प्रणालीमा विकासबारे बहस
पार्टी आन्तरिक सङ्घर्षमा विपरीतहरूको एकत्व र सङ्घर्षको नियमलाई यान्त्रिक ढङ्गगले लागू गरिनुहुन्न । नेतृत्वको आवधिक प्रणाली लागू गरेर कम्युनिस्ट पार्टी मात्रै हैन, कम्युनिस्ट समाज निर्माण गर्न जोड दिनुपर्छ । कम्युनिस्ट सबैभन्दा जनवादी हो । अधिनायकत्व र जनवादको अभ्यास ठीक ढङ्गले गर्नुपर्छ । प्रतिस्पर्धात्मक रूपमा पुँजीवादीबाट पनि राम्रो कुरा सिक्नुपर्छ र प्रतिशोधी बन्नुहुन्न । सांस्कृतिक रूपान्तरणमा जोड दिनुपर्छ ।

५. कम्युनिस्ट अर्थनीतिमाथि बहस
निजी पुँजी र सामूहिक पुँजीको प्रतिस्पर्धामा सामूहिक पुँजीले आफ्नो श्रेष्ठता हासिल गर्नुपर्दछ । कम्युनिस्टको काम त्यसलाई अझ सहज, वैज्ञानिक र तीब्र मात्रै बनाउने हो । त्यसैले कम्युनिस्ट पुँजी र निजी पुँजीको बहस आवश्यक छ । नेता, कार्यकर्ता र जनताको लागि फरक तर ठोस अर्थनीतिको प्रक्षेपण गरिएको छ र, गरिनु पनि पर्दछ ।

६. जातीय नीतिमाथि बहस
नेपालमा जातीय विषयलाई अतिवाद लगेर फैलाइएको छ । देशलाई अन्त्यहीन द्वन्द्वमा फसाउने खेल भइरहेको छ । वास्तवमा संसदीय दलाल पुँजीवादी राज्यसत्ताको सङ्घीयताको कुनै काम छैन । यसको विरोध गर्नुपर्छ र वर्गीय कुरा मुख्य भएकोले त्योभित्र जातीय मुक्ति हुन्छ । त्यसैले वैज्ञानिक समाजवादले मात्रै यो समस्या हल गर्छ ।

७. पार्टीको नाम परिवर्तनबारे बहस
सार नयाँ छ भने त्यस्लाई व्यक्त गर्ने रूप पनि नयाँ चाहिन्छ । नेकपा (माओवादी) ले उठाएका उल्लिखित विषय नेपालका कुनै पनि कम्युनिस्ट पार्टीको दस्तावेजमा पाइँदैनन् । नीति र विधिमा नयाँ विकास गरेपछि नाम उहीँ राख्नैपर्छ भन्ने हुँदैन । मुख्य काम देश र जनता मुक्त गर्ने हो । त्यसैले, कम्युनिस्ट पार्टी मुख्य हो, त्यसमा पुच्छर झुन्ड्याइरहन आवश्यक छैन र पर्दैन पनि आदि आदि ।

Save

Save

Save

Save

Save

Save

Save

Save

Save

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार