नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपा (माओवादी) को काठमाडौं जिल्ला सम्मेलन आज विशाल प्रदर्शनसहित राजधानीमा हुँदैछ ।

काठमाडौं उपत्यकाको मुटु मानिने काठमाडौं जिल्ला सम्मेलन ऐतिहासिक हुने जिल्ला पार्टी काठमाडौंले बताएको छ ।
सो सम्मेलनलाई नेकपा माओवादीका स्थायी समितिका नेताहरुले संवोधन गर्नेछन् ।
काठमाडौंको शान्तिबाटिकामा भव्य रुपमा विशाल जनताको उपस्थितिमा हुनेछ । दुई दिनसम्म चल्ने काठमाडौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।
आज दिउँसो १२ बजे सो सम्मेलनमा उपस्थितिका लागि विप्लव माओवादी काठमाडौंका सेक्रेटरी एवं केन्द्रीय सदस्य माइला लामाले सबैमा अनुरोध समेत गरेका छन् ।







