‘छोरीको बिहेमा आउनुपर्ने, के उपहार ल्याउने होला ?’ शीतल निवासबाट निम्तो पाएको ५ घण्टामै आइतवार पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासबाट निजी सचिव सागर तिमल्सिनामार्फत् बुझ्न चाहे ।

त्यसो त जिन्सी र नगद उपहार नल्याउन निमन्त्रणा पत्रमै लेखिएको थियो तर त्यो सोधनी औपचारिकता त थियो नै राष्ट्रपतिकी कान्छी सुपुत्रीको वैवाहिक समारोहमा आफू सामेल हुने जानकारीसमेत त्यसैमा लुकेको थियो ।

५० वर्षअघि सोही भवनमा कमल राज्यलक्ष्मीलाई भिœयाएका ज्ञानेन्द्रले अस्ति सोमवार सरासर आएर नवदम्पत्तीलाई शुभकामना दिए ।

राष्ट्रपतिले आइदिएकोमा धन्यावाद प्रकट गरिन् । लोकेन्द्रबहादुर चन्द, प्यारजङ थापा, कमल थापाका दाजुभाई र पशुपति समशेर बसेकै टेबुलमा कालो चिया खाएर निस्किए । यसबीच पत्रकार देवप्रकाश त्रिपाठीलाई तानेर कानेखुशी गरे ।

दुलाहा–दुलहीलाई फेरि गएर भेटे र २० मिनेटमै फर्किए । त्यसो त केही समय बस्ने कुरा नै थियो तर थोरै समय बसे, हाँसीखुशी नै बसे ।

यसैबीच सेनापति राजेन्द्र क्षेत्रीले परैबाट सलाम ठोके । टेबलमा सामुन्ने रहेको राप्रपा नेता पशुपति समशेरसँग केही बेर अंग्रेजीमा गफिए ।

यसो गर्दा कसैलाई ‘तपाई’ संवोधन गरिरहनु पनि परेन । कसैले ‘सरकार आज आकर्षणको केन्द्र बनिसक्यो’ भनेर चाकडीको भाषा बोल्नु पनि परेन ।

तर ज्ञानेन्द्रले हाँस्दै राजावादीहरुलाई भने– ‘मेरो कारणले हैन, तिमीहरुको कारणले देशमा राजतन्त्र गएको हो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार