नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेश मोर्चाका नेताहरुलाई जेल हाल्नु पर्ने बताएका छन् ।

मधेशवादी दलका नेताहरुले भारतको निर्देशनमा संविधान संशोधनमार्फत देशलाई घात गरिरहेको भन्दै उनीहरुलाई जेल हाल्नु पर्ने बताएका हुन् ।
रिपोटर्स क्लवले आयोजना गरेको साक्षत्कार कार्यक्रममा रावलले यस्तो बताएका हुन् ।
‘जेल त तिनलाई हाल्नुपर्छ, जसले देश घात गरिरहेका छन्, विदेशी दुतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा ल्याइरहेका छन् ।’ रावलले भने- ‘नेपालको कानुनले तिनलाई जेल हाल्नुपर्छ यदि सरकार छ र सरकारले हिम्मत गर्छ भने तिनलाई जेल हालोस्।’
नेता रावलले नेपालकै प्रधानमन्त्री होलान् भनेर देशका लागि चासो व्यक्त गरेँ तर उल्टै मधेसी मोर्चालाई प्रयोग गरेर म विरुद्ध झुटको खेती गरिरहेका छन् ।
गएको पुस १९ गते पटनामा सिके राउत, ज्वाला सिंह, गोहित, केही पत्रकारहरु लगायतले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा आँच आउने गरी छलफल गरेको सूचना आफुले थाह पाएपछि प्रधानमन्त्रीलाई खवर गरेको बताए ।
उनले मधेसी मोर्चाका पराजित नेताहरुले जनताबाट पराजित भएपछि विदेशी दुतावासमा गई भात खाएर मधेसको कुरा गरेको आरोप लगाए ।
उनले सुन तस्करीलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप समेत लगाए ।
पहिला संविधान विद्येयक संसदमा टेबुल भएपछि निर्वाचनमा जाने भने अहिले टेबुल भएपछि परिमार्जनको कुरा गरिरहेका छन् परिमार्जनबाट के आर्जन गर्न खोजेको हो प्रस्ट छैन । संसदमा कुनै पनि हालतमा विद्येयको बिषयमा छलफल गर्न नहुने जिकिर गरे ।
‘संसारमा कही पनि संविधानसभाबाट संविधान बनेपछि ताजा जनादेशमा नगई संशोधन भएको उदाहरण छैन हामीले एकपल्ट संशोधन गरिसक्यौँ ।’ रावलले भने- ‘अब निर्वाचमा जाऔँ अनि ताजा जनादेशअनुसार आवश्यक कुराहरु गरौँला,यदि मधेशी नेताको हिम्मत छ भने,आउनुस् चुनावमा जाऔ, मधेसमा हाम्रो पार्टीले ४० सिट जितेको हो ।’
उनले निर्वाचनका लागि सरकारलाई आफ्नो पार्टी नेकपा (एमाले) पूर्ण रुपमा सहयोग गर्ने बताए । उपाध्यक्ष रावलले ९० प्रतिशत जनताको हस्ताक्षरमा निर्माण भएको अहिले तत्काल संविधान संशोधनको आवश्यकता नरहेको उल्लेख गरे ।







