नेकपा (माओवादी) रुपन्देही जिल्लाको पाँचौं जिल्ला सम्मेलन विशाल ¥यालीसहित आज उद्घाटन भएको छ । नेकपा (माओवादी)का स्थायी समिति सदस्य हेमन्तप्रकाश वली सुदर्शनले मैन बालेर उद्घाटन गरेका हुन् ।
बुटवलको चौराहाबाट सुरु भएको ¥याली बुटवल ट्राफिक चोकस्थित आमसभामा परिणत गरी उद्घाट सत्रको उद्घाटन भएको थियो ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथीसमेत रहेका वलीले अबको निकास एकीकृत जनक्रान्ति मात्रै रहेको दाबी गरे, देशमा धेरैपटक क्रान्ति र आन्दोलनहरु भएपनि त्यसका उपलब्धीहरु घुम्ने अवस्था आएको कारण एकपटक फेरी त्यसको रक्षाको लागि जनताहरु अन्तिम लडाई लड्नुपर्ने बताए ।
त्यस्तै उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द वीरजंगले यो देशमा अब जनताको सत्ता स्थापना नगरेसम्म अबको क्रान्ति नरोकिने जिकिर गरे । महाधिवेशनको सन्र्दभमा बोल्दै अहिलेको महाधिवेशन ऐतिहासिक महत्वको भएको र यसले नेपाली जनताको भविष्यको फैसला गर्ने बताए ।
उद्घाटन सत्रमा नेकपा माओवादीका केन्द्रिय सदस्य वसन्त श्रेष्ठ प्रज्वलन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष बन्धु चन्द, कपिलवस्तुका सेक्रेटरी संगम पुन, वामपन्थी विश्लेषक तथा वरिष्ठ साहित्यकार दिल सहानी, अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष घनश्याम पाठक लगायतले सम्मेलन सफलताको शुभकामना व्यत्त गरेका थिए ।
जिल्ला सेक्रेटरी शरद ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालय सदस्य अमर रोका र स्वागत मन्तव्य कार्यालय सदस्य विष्णु भट्राई विश्वासले गरेका थिए ।
कार्यक्रममा रक्तरञ्जित सांस्कृतिक समुहले क्रान्तिकारी गीत तथा नाचहरु प्रस्तुत गरेको थियो । जिल्लाभरका झण्डै २ सय प्रतिनिधी तथा पर्यवेक्षकबीच सम्पन्न हुने सम्मेलन भोलिसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार