नेकपा (माओवादी) को सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनी ब्युरोद्धारा प्रकाशन गरिएको मुखपत्र ‘झुल्केघाम’ बुधबार बुटवलमा सार्वजनिकीकरण गरिएको छ ।

नेकपा (माओवादी) रुपन्देहीको पाँचौ जिल्ला सम्मेलन उद्घाटनको अवसरमा बुटवल ट्राफिकचोकमा सहभागी हजारौं जनसमुदायको बीचमा नेकपा (माओवादी) स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले गरेका हुन् ।

ब्युरोले सांस्कृतिक रुपान्तरणको पक्षमा राष्ट्रघात र दलाल सामन्ती चिन्तन÷संस्कृतिको विरुद्ध नयाँ वैज्ञानिक समाजवादी सांस्कृतिक आन्दोलनलाई ‘झुल्केघाम’ भनेको छ ।

महासंघले मुखपत्रको प्रकाशकीयमा भनेको छ, ‘कला, साहित्य र संस्कृतिमा देखिएको उत्तरआधुनिक सांस्कृतिक उपभोक्तावाद, बजारीकरण र विचार विचलनका विरुद्धमा वैचारिक र सिर्जनात्मक हस्तक्षेप गर्नु ‘झुल्केघाम’ को प्रकाशन हो ।’

जीवन विरोधी सौन्दर्य चिन्तन र सुधारवादी चेतनाविरुद्ध प्रतिरोधी सांस्कृतिक आन्दोलनका लागि क्रान्तिकारी संस्कृतिकर्मीहरु बीच धु्रवीकरण आवश्यक रहेको महासंघ लुम्बिनी ब्युरोले बताएको छ ।

क्रान्तिकारी भाव र आकर्षक कलेवरमा प्रकाशित पुस्तकमा सांस्कृतिक सहिद चुनु गुरुङको कविता सहित लुम्बिनी ब्युरो अन्तर्गतका झण्डै तीन दर्जन गीत, कविता, मुक्तक, युजिन पोत्तरद्धारा लिखित अन्तर्राष्ट्रिय कम्युनिष्ट गीतबारे दिल साहनीको समिक्षात्मक लेख, एकीकृत जनक्रान्ति र संस्कृतिकर्मीहरुको दायित्व विषयक खेम थपलियाको लेख, क्रिष्टोफर कड्वेलको कविताबारे समिक्षात्मक सौन्दर्यचिन्तन, माओत्सेतुङद्धारा लिखित ‘दुई चराहरु ः एक सम्वाद’ आदि सामग्रीहरु समेटिएको छ ।

पुस्तकको सम्पादन महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार