भारतीय राजदूत रेलाई सुरक्षाकर्मीले मुस्किलले बचाएका छन् । आफूले आफैंलाई अभिनन्दन गराउँदै हिडेको भारतीय राजदूत रञ्जित रे प्रमुख अतिथि रहेको कार्यक्रम विथोलिको हो । उनी सडक उद्घाटनका क्रममा धनगढी पुगेका थिए ।

धनगढीको क्याम्पस रोडस्थित हुलाकी राजमार्ग हस्तन्त्रण कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाइएको थियो ।

नेपाली कार्यक्रममा भारतीय  राष्ट्रिय गान बजाइएको,पुल बन्न बाँकी, ४० फिटे रोडको १० फिट मात्र कालोपत्र हुँदाहुँदै पनि सडक पूरा भएको भन्दै हस्तान्‍त्रण गरिएकाले एकत् कार्यक्रम विथोलेको बताइन्छ ।

विप्लव माओवादीले कालोझण्डासहित कार्यक्रममाथि हस्तक्षेप गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।

सडक हस्तन्त्रण कार्यक्रमको विशेष अतिथि भौतिक तथा यातायात मन्त्री रमेश लेखक थिए ।

प्रहरीले अखिल क्रान्तिकारीका जिल्ला नेता अनिल आचार्यलगायत आधा दर्जन मानिसलाई गिरफ्तार गरेको स्रोतले उल्लेख गरेको छ ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार