प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यतिवेला पुष्पकम दाहाल प्रचण्ड नेतृत्वको सरकार जसरीपनि ढाल्ने रणनीतिमा लागेको छ।

प्रधानमन्त्री चुनाव नगराउने षडयन्त्रमा लागेको आरोप लगाउँदै एमालेका शीर्ष नेताहरु अहिले यो सरकार जसरीपनि विस्थापित गर्नुपर्ने निश्कर्षमा पुगेका छन्।
प्रचण्ड नेतृत्वको सरकारले चुनाव नगर्ने निश्कर्ष निकाल्दै एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु यो सरकारको विकल्प खोज्नुपर्ने पक्षमा पुगेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले त सार्वजनिक भाषणमै भन्ने गरेका छन्,“यो सरकार चुनाव नगर्ने षडयन्त्रमा लागेको तर हामी यो सरकारको उद्देश्य पुरा हुन दिँदैनौं”
त्यतिमात्रै नभएर ओलीले प्रधानमन्त्री प्रचण्डको योजनाामा समेत बाधा पुर्याएका छन्।
प्रधानमन्त्री दाहालले संसदमा टेबुल गराएको संविधान संशोधन विद्येयक जसरी पनि पारित गराउने योजनाका साथ साना दललाई समेत सरकारमा सहभागी गराउने तयारी थालेका छन्। त्यही तयारी स्वरुम उनले प्रेम बहादुर सिंह, कुमार बहादुर खड्कालाई छिट्टै सरकारमा समावेश गराउने तयारी थालेका छन्।
अध्यक्ष ओलीले आजमात्रै परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई फोन गरेर सरकारमा जान हतार नगर्न आग्रह गरेका छन्।
उनले अब प्रचण्ड नेतृत्वको सरकार बढिमा २० दिनमात्रै टिक्ने दाबी गर्दै अब चुुनावी सरकार बनाएर अघि बढ्ने राजनीतिक परिस्थिति बन्नेबारेमा समेत अध्यक्ष ढकाललाई सुझाएका छन् ।







