भुकम्प पीडितहरूको त्रिपाल बेचेर खाएको, पदमा रहेको बेला भ्रष्टाचार गरेको भन्दै पूर्व अर्थ सचिव अर्जुन कार्कीलाई नेकपा (माओवादी)ले भाैतिक जनकार्वाही गरेको छ ।

विप्लव माओवादी कार्यकताहरुले ललितपुरको सानेपामा गाडीमा सवार रहेका कार्कीलाई कारवाही गरेको हाे ।
हाल नेपाल ट्रष्टका सचिव समेत रहेका अर्जुन कार्कीलाई नेकपा (माओवादी)ले जनकार्वाही गरेपछि सर्वसाधारणमा खुशी छाएको छ ।
कार्कीले सरकारी पदमा रहँदा अकुत सम्पत्ति अार्जन गरेको, राज्यको सम्पतिमा दुरूपयाेग गरेकोलगायत विषयमा छानबिन उनीमाथि छानबिन चलिरहेको थियाे ।यस्तो बेला अर्जुन कार्कीलार्इ विप्लव माअाेवादीले कार्वाह गरेकाे हो ।
कार्की लोकमान सिंह निकटका रूपमा चिन्ने गरिन्छ ।







