नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीले जित्ने गरी लड्ने तयारी गरेको र त्यसै अनुसार खट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पेरिस कम्युनदेखि सोभियत समाजवाद हुदै चिनियाँ क्रान्तिसम्म आउँदा ठूला ठूला उपलव्धि भए पनि फेरि पराजित हुनुको कारणको राम्रोसँग अध्ययन गर्नु पर्ने भन्दै अब नयाँ तरिकाबाट लड्ने र जित हासिल गर्ने बताए ।

अाफ्नाे पार्टी निकट जनवर्गीय संगठनहरुका कार्यकर्तालाई शनिबार राजधानीमा प्रशिक्षण दिदै विप्लवले माओवादी आन्दोलन  वार्ताको टेबुलमा आएपछि पराजित भएको बताए ।

बाबुराम भट्टराईले कम्युनिष्ट आन्दोलन नै त्याग गर्नु र प्रचण्ड आन्दोलनबाट पछाडि फर्किएको अवस्थामा नयाँ किसिमले क्रान्ति अगाडि बढाउन पार्टी गठन भएकाेले फागुणमा हुने महाधिवेशनपछि पार्टीले नयाँ कार्ययोजनासहित अघि बढ्ने बताए ।

कम्युनिष्ट आन्दोलनमा नेतृत्व जहिले पनि एकै व्यक्ति भईरहने र नेतृत्व छाड्नु परेपछि असन्तुष्ट हुने चलन देखिएको भन्दै नेताहरुले सामाजिक जीवनमा पनि फर्कनु पर्ने र नेतृत्व प्रणाली आवधिक खालको हुनु पर्ने धारणामा बहस गर्नु पर्ने बताए ।

उनले बदलिदो परिस्थितिमा समाजवादको नयाँ परिभाषा र क्रान्तिका तौर तरिकामा केही बदलाव जरुरी रहेको  बताए ।

मिरमिरे अनलाइनबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार