कुख्यात र भ्रष्ट आरोपित लोकमान कार्कीलाई कालोमोसो दलेर बहादुरी प्रर्दशन गरेका पार्टीका दुई युवालाई नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आज स्वागत तथा अभिनन्दन गर्ने भएका छन् ।
राजधानीस्थित प्रज्ञाभवनमा आइतबार दिउँसो १२ बजे महासचिव विप्लवले कार्कीलाई सर्वोच्च अदालतमा कालोमोसो दलेर गरेको बहादुरी र सहासिक कदमस्वरुप स्वागत गर्न थालेका हुन् ।
एक महिना अघि विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश शाही र चन्द्र बुढाले सर्वोच्चमा पुगेर कार्कीलाई कालोमोसो दलेपछि त्यसले नेपालको राजनीतिमा ठूलो तरंग ल्याएको थियो ।
त्यही कालोमोासो दलेकोमा ती दुई युवालाई एक महिना जेल हालेको थियो । शुक्रबार मात्र रिहा भएका ती दुई युवालाई भव्य रुपमा संगठनले स्वागत गरेको थियो ।
आज आइतबार पार्टीका तर्फबाट महासचिव विप्लवले उनीहरुलाई स्वागत गर्न थालेका हुन् ।







