मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले परिमार्जनसहित संविधान संशोधन विद्येयक पारित नगराए कुनै हालतपनि पनि चुनाव हुन नदिने चेतावनी दिएका छन्।

शनिबार प्रमुख तीन दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच स्थानीय तहकै चुनाव गर्ने सहमति भएको खबर बाहिर आएपछि आक्रोशित बनेका अध्यक्ष यादवले आईतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर यस्तो चेतावनी दिएका हुन्।

प्रधानमन्त्री दाहालले द्धद्ध चरित्र देखाएको भन्दै उनले कडा आपत्ति प्रकट गरेका थिए।

संघीय समाजवादी फोरम नेपालका समेत अध्यक्ष रहेका यादवले प्रधानमन्त्री दाहाललाई यथाशिघ्र संविधान संशोधन विद्येयक परिमार्जनसहित पारित गराउने कडा चेतावनी दिएका छन्।

उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘प्रचण्डजीको चरित्रमा हामीलाई शंका लागेको छ, हामीसँग एउटा कुरा गर्नुहुन्छ, अनि तीन दलको बैठकमा अर्के कुरा गर्नुहुन्छ, अनि कसरी विश्वास गर्ने?’

उनले संविधान संशोधन नगरीकन चुनाव गर्न खोजिए त्यसलाई मोर्चाले सशक्त बहिष्कार गर्ने सम्मको चेतावनी प्रधानमन्त्री दाहाललाई दिए।

तीन दलको बैठकमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई अब संविधान संशोधन विद्येयक समितिमा पठाउने आश्वासन दिएको सूचना पाएपछि मधेशी मोर्चा प्रधानमन्त्रीसँग थप सशंशिकत बनेको हो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार