माओवादी केन्द्रका केन्द्रीय नेता राजकुमार कक्षपति पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । उनलाई आज एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले माओवादी अध्यक्ष प्रचण्डकै कारण बाहिर माओवादी भनेर लाज मान्नु पर्ने स्थिति आएको बताए । माओवादी केन्द्र कम्युस्टि पार्टीमा हुनु पर्ने सबै गुण हराइसकेको समेत ओलीको आरोप थियो ।
एमालेमा प्रवेश गर्दै केन्द्रका नेता कक्षपतिले माओवादी केन्द विश्वकै जम्बो केन्द्रीय समिति बनेको र जसको कुनै उपायदेयता नरहेकोले आफु सो पार्टी परित्याग गरेको बताए । साथै उनले फुटको संघारमा रहेको पार्टीमा बसेर कुनै भविष्य नरहेको समेत बताए ।
कक्षपति रोल्पाका माओवादी केन्द्रका उच्चस्तरीय नेता समेत हुन् ।
एकताकेन्द्रबाट नारायणकाजी श्रेष्ठसहित माओवादी एकतामा आएका उनी रोल्पामा स्थापित नेताका रुपमा चिनिन्छन् ।







