माओवादी केन्द्र व्यक्तिवादलगायत मनपरीतन्त्रबाट ग्रस्त भएको भन्दै नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम भट्टराईको शैलीले पुरानो पार्टीलाई नै माथ खुवाउन लागेको भन्दै पार्टीमा बबाल हुन थालेको छ ।

भट्टराईले पार्टीका विभिन्न जनवर्गीय संगठन आफ्नो स्वाथ अनुरुप हिंडाउन खाजेपछि यस्तो बबाल निम्तिएको हो ।

भट्टराईले पछिल्लो समय पार्टीको युवा भातृ संगठन राष्ट्रिय युवा अभियानको महाअधिवेशन स्थगितको निर्णय गरिदिएपछि युवाहरु त बाबुरामसँग आगो बन्न पुगेका छन् ।

भट्टराईले २०७३ माघ २१ गतेका लागि तय भएर सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रिय युवा अभियानको महाअधिवेशन अन्तिम समयमा आएर स्थगित गरेपछि युवाहरु आक्रोशित भएका छन् । स्वतन्त्र प्रतिस्पर्धामा जोड दिदै आइरहेका बाबुरामले युवा अभियानको महाअधिवेशन रोक्नकै लागि २०७३ चैतसम्म कुनै पनि भातृ संगठनको महाअधिवेशन गर्न नपाइने निर्णय गरेका छन् ।

बाबुरामले यस्तो निर्णय गराएसँगै नयाँ शक्ति आवद्ध युवाहरुले युवा संगठनको नेतृत्व लिन धेरै युवाहरु तम्सिएकाले उनले यस्तो निर्णय लिएको बताउने गरेका छन् ।

नयाँ शक्ति स्रोतका अनुसार, नयाँ शक्ति युवा संगठन हाँक्ने भन्दै आधा दर्जन नेता अघि सरेका थिए । ‘पार्टीमा उच्च प्रतिस्पर्धा गराएर नेतृत्व छनौट गर्ने मत राख्दै आएका बाबुराम युवा संगठनमा कडा प्रतिस्पर्धा हुने देखिएपछि महाअधिवेशन राक्ने निर्णयमा पुगेका छन्’, नयाँ शक्ति स्रोतले भन्यो, नयाँशक्ति पार्टी यो निर्णयले प्रतिस्पर्धामा विश्वास राख्ने नेता तथा कार्यकर्तामा आघात परेको छ ।’

नयाँ शक्तिका युवा संगठनमा आवद्ध नेताहरुले फेसबुकमा यसको विरोध गर्दै क्षमतावानहरुको बन्ध्याकरण गरिएको लगायत टिप्पणी गरेका छन् ।

साँघु साप्ताहिकबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार