भारतीय जहाजहरुमार्फत् आउने हतियारधारी सुरक्षाकर्मीलाई काठमाडौंमा बास दिन भारतले राखेको प्रस्तावबारे संसदमा नेपाल मजदुर किसान पार्टीले गंभीर चासो व्यक्त गरेको छ ।

सोमबारको संसद बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले यो विषय ‘भारतद्वारा नेपाल खाने सिलसिलाकै रुपमा आएको’ बताइन्।

‘यो भारतको नेपाल खाने दाउकै सिलसिला हो। अहिले बास माग्नेले पछि काठमाडौंमा ब्यारेक स्थापना गर्नेछ। त्यसपछि एयरमार्सल परिवारलाई घर दिनुपर्ने हुन्छ’, उनले संसदमा भनिन्।

‘यो भारतको नेपाल खाने दाउकै सिलसिला हो। अहिले बास माग्नेले पछि ब्यारेक स्थापना गर्नेछ। त्यसपछि एयरमार्सल परिवारलाई घर दिनुपर्ने हुन्छ’, उनले संसदमा भनिन्।

देशलाई बन्दी बनाउने यस्तो विषयमा सरकारले सम्झौता गर्नु नहुने भन्दै उनले नेपाली जनतालाई थाहा भएको गम्भीर विषयप्रति सरकार किन मौन भन्दै प्रश्न गरिन्।

संसदमा बोल्दै एमाले सांसद प्रकाश ज्वालाले एयरमार्सल राख्ने विषय विवादित रहेको अवस्थामा जेट एयरवेजबाट एयरमार्सल अाइरहेको भन्दै अाश्चर्य व्यक्त गरे।

‘यो पहिलैदेखिको विवादित विषय हो। भारतले यसमा पहिलैदेखि कोसिस गरेको हो’, उनले भने, ‘विदेशीको दवाबमा भर्खरै नागरिक उड्डयन सुरक्षा नियमावली पारित भएको छ। त्यसले एयरमार्सल राख्न छुट दिएको छ। यो राष्ट्रिय सुरक्षाको दृष्टिले खतरनाक छ। यसलाई बदर गर्नुपर्छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार