माओवादी केन्द्र आवद्ध विभिन्न आदिवासी जनजाति नेताहरुले पार्टीमा बाहुनवाद हावी भएको भन्दै नेतृत्वको तीब्र आलोचना गरेका छन् ।

आइतबार काठमाडौँमा बसेको आदिवासी जनजाति महासंघको बैठकमा उनीहरुले नेतृत्वले संकटको बेलामा मात्र आफूहरुलाई उपयोग गरेको बताए । यो महासंघमा ३२ वटा समुदायगत संगठन आवद्ध छन् ।

पार्टीका कार्यालय सदस्य देवगुरुङ प्रमुख अतिथि रहेका बैठकमा पार्टीका पोलिट्ब्युरो सदस्यहरुले नै नेताहरुले नेतृत्वको तीब्र आलोचना गरे ।

‘पार्टीमा बाहुनवाद हावी भयो, अहिले पार्टी सरकारमा पुग्दा बाहुनहरुकै भीड जम्मा गरिएको छ, बेकारमा जनयुद्ध लडियो’ सूर्यमान दोङले बैठकमा भने । बाहुन नेताहरुकै वरिपरी घुम्नेहरुलाई सरकारमा नियुक्त गर्ने गरेको आरोप समेत लगाए ।

त्यस्तै किराँत नेता राजन राईले नेतृत्वले संकटका बेला आफूहरुलाई उपयोग गरेको बताए ।

‘पार्टी नेतृत्वले हामीलाई संकटको बेलामात्र उपयोग गर्यो । अहिले सरकारमा पुगेपछि बेवास्त गरेको छ’ उनले भने । राईले पार्टी समानुपातिक र समावेशी सिद्धान्तलाई व्यवहारमा लागु नगरेको दाबी गरे ।

अर्का नेता दिलिप महर्जनले नेतृत्वको नियतमा खराबी आएको भन्दै अर्को जनयुद्धको आवश्यक भएको बताए । उनले केही एक दुई जनालाई केही ठाउँमा लगेपनि आदिवासी जनजातिप्रति नेतृत्वको बुझाई ठिक नभएको भन्दै खबरदारी गर्नुपर्ने बताए ।

कार्यक्रममा सुरेशआले मगर, दिपेन्द्र रोकाया लगायतका आदिबासी जनताजाति नेताहरुले नेतृत्वको आलोचना गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गुरुङले सबै नेताको आलोचना सुनेर बसे ।

from onlinedabali

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार