स्वास्थ्य मन्त्री गगन थापाज्यू !

वीर अस्पताल गरिव जनताको पहुँच भएको भनिएको कर्मचारीको बानी–व्यहोरा, शैली– सुधार गर्न पहल गर्ने कि ? हामी जस्ता मध्यमवर्गका मानिसको उपचार गर्ने स्थानको रुपमा परिचित अस्पताल भनेर म मेरो भाईलाई चार दिनदेखि अत्याधिक ज्वोरो आएकोले २०७३ पुस १९ गते अस्पतालको ओपीडिमा लगेर डाक्टरको सल्लाह बमोजिम रगत, पिसाव, एक्सरे आदिको परीक्षण गरे ।

फलोपका लागि पुस २० गते प्रयोगशालाको सम्पूर्ण रिपोर्ट लिएर गएँ । डाक्टरको सल्लाह बमोजिम रिपोर्ट हेरेर भाईलाई अस्पताल भर्ना गर्ने निर्णय गरियो । मेल मेडिकल वार्ड ११२ मा भर्ना गरियो । अनि डाक्टरको सल्लाह बमोजिम ईमर्जेन्सीमा पुन रगत एक्सरेको परीक्षण गर्न पुर्जा लेख्नु भयो अनि मैले ईमर्जेन्सी काउन्टमा पैसा तिरेर विल पुर्जासहित १०३ ज्वरोले कामिरहेको भाईलाई डो¥याएर लिएर गएँ ।

म एक्लै थिएँ । ईमर्जेन्सी एक्सरे गर्ने मानिस भएको स्थानमा जादा विल हेरेर यहाँ हुन्न भनियो । उपचार गराउनै पर्ने भएकोले धेरै पटक विन्तीभाउ र अनुरोधपछि बल्ल ती महोदयको देवता खुसी भएछन् र बल्ल तल्ल एक्सरे गरिदिए । उपचार जस्तो संवेदनशील कुरामा सरकारी अस्पतालमा जनताले तिरेको कर खाएर बसेका कर्मचारीले त्यस्तो व्यवहार गर्ने हो त ? विमारी मर्ने कि बाँच्ने, दोसाँधमा बसेको बेलामा वीर अस्पतालको ईमर्जेन्सीमा बसेका कर्मचारीले यस्तै निच व्यवहार गर्ने हो त ?

नेपाल सरकारको तलव, सेवा, सुविधा लिएर जनतालाई सेवा दिन्छु भनेर जागिर खानेहरुले त्यस्तो व्यवहार देखाउनु ठीक हो त ? संवेदनशील ठाउँमा बसेका कर्मचारीले पीडितहरुसँग उल्टै झर्कोफर्को गरेर रिसाउँदा विमारी र विरामी कुरुवाको अवस्था कस्तो होला ?

फेरि पुस २२ गते ईमर्जेन्सी ल्यावमा साथी उज्जन र म रगतको रिपोर्ट माग्दा ‘ऊ त्यहाँ छ हेरेर लानु’ भनियो । उनीहरु आफ्नै गफमा मस्त थिए । रगतको रिपोर्ट दिन कसैले भ्याएनन नाम हेरेर ल्यायौं । यदि मैले अरु कसैको रिपार्ट लिएको भए ? वीर अस्पतालको ईमर्जेन्सीमा बसेका कर्मचारी त्यसरी गफ गरेर बस्न मिल्छ ? पीडितहरुले नै रिपोर्ट खोजेर लाने हो भने तिनीहरु भातमारा कर्मचारीलाई सरकारी तलब किन खुवाउने ? हामी अलिअलि एबीसीडी पढेलेखेका मानिस र डाक्टरी अक्षरमा नाम हेरेर लैजाउँला रे, तर अनपढ पीडित वा सेवाग्राही आए के गर्नु ?

ईमर्जेन्सीमा बसेका कर्मचारी सधैं अलर्ट हुनुपर्नेमा किन यस्तो लापर्वाही हुन्छ ? के वीर अस्पतालको ईमर्जेन्सी कर्मचारीहरुको गफ गरेर, नेपाल सरकारबाट तलब, सेवा सुविधा लिने विर्ता हो र ? मलाई त यस्तै दुःख दिने काम भयो तर म जस्ता अरु सर्वसाधारण विमारीले उचित उपचार, सही सल्लाह, परामर्श पाउन वीर अस्पताल सबैको असपताल बनोस् ।

स्वास्थ्य मन्त्री थापाले चाहे भने गरिब जनताको अस्पताल सुधार्ने सपार्ने ठूलो हात हुन्छ । त्यस्ता गैरजिम्मेवार कर्मचारीलाई उचित सल्लाह परामर्शका पाठ सिकाउनु पर्ने जरुरी ठान्छु ।

दीपक कुमार बराल, सिन्धुली, खाङ्साङ, हाल, काठमाडौ
साँघु साप्ताहिकबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार