नेत्र विक्रम चन्द विप्लव नेतृत्व माओवादीका युवाहरु राष्ट्रको लागि युवा अभियान लिएर काठमाडौंको कर्णाली भनेर चिनिने नाङलेभीरमा पुगेका छन् ।

काठमाडौं राजधानीबाट निकै टाढा पर्दछ ।

स्थानीय जनतासँग घुलमेल गर्दै उनीहरुले जनश्रमदान अभियान पनि संचालन गरिरहेका छन् ।

विप्लव माओवादी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयसेवकका युवाहरुको ३० को हाराहारीमा रहेको टोली ३ दिनदेखि नाङलेभीरमा खटिरहेको छ । टोलीको नेतृत्व युवा जनस्वयंसेवकका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला उपाध्यक्ष रवि गोलेले गरेका छन् ।

तीनदेखि जनताको जनश्रमदान गर्दै उनीहरुले जनताको घरमा खाना खाएर अभियान संचालन गरिरहेका छन् ।

साथै उनीहरुले युवा संगठनहरु निर्माण गर्नुका साथै महिला, दलित र तामाङ संगठनहरु समेत निर्माण गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार