फिलिपिन्स कम्युनिस्ट पार्टी र फिलिपिन्सको दुतार्ते सरकारबीच गत जुनदेखि आरम्भ भएको शान्ति वार्ता अन्ततः वार्तामै  टुङ्गिएको छ ।

फिलिपिन्स माओवादीका जनसेनाहरु

नर्वेली शान्ति मिसनको मध्यस्थतामा भएको शान्ति वार्ताको तेस्रो चरण २४ तारिखका दिन सम्पन्न भएको छ । पार्टीको वैधानिक मोर्चा ‘नेस्नल डेमोक्रेटिक फ्रन्ट अफ फिलिपिन्स’ का प्रतिनिधिहरू र सरकारका प्रतिनिधिहरू दुवेले वार्ताका बीचमा केही घटनाहरू भए पनि वार्ता फलदायी भएको, एकअर्का समस्या बुझन सहयोग मिलेको धारण्ण व्यक्त गरेका छन् ।

फिलिपिन्स कम्युनिस्ट पार्टीले मूलतः दुइटा माग राखेको थियो, जसमा राजबन्दीहरूको आम माफी तथा  विगतमा भएको ‘कम्प्रिहेन्सिभ एग्रिमेन्ट अफ सोसियो इकोनमिक रिफर्म’  थिए ।

पहिलोको सम्बन्ध जेलमा रहेका नेता तथा कार्यकर्ताको रिहाइसित थियो भने दोस्रो सामाजिक–आर्थिक सुधार भने पनि यसको सम्बन्ध आर्थिक नीतिमा सुधारसहित सत्ता साझेदारीसित थियो ।

फिलिपिन्स माओवादी र दुतार्ते सरकारका प्रतिनिधिहरु वार्ताका क्रममा

पार्टीले वार्ताका क्रममा भएका घटनाका सम्बन्धमा ठाडो प्रतिक्रिया व्यक्त नगरे पनि ‘नेस्नल डेमोक्रेटिक फ्रन्ट अफ फिलिपिन्स’का तर्फबाट वार्तामा सरिक भएकाहरू सामान्य सुधार तथा उधारो आश्वासनमा नफसुन् भनेर जनसेना तथा जवसमार्फत वार्ताकारहरूलाई खबरदारी गरिरहेको थियो ।सडकमा लागेको ‘वार्ता होइन, बन्दुक, जनयुद्धको निरन्तरता’  को नारा यसैको उपज थियो ।

सरकारी पक्षले युद्धविराम लम्ब्याउने, NDF ले राखेका मागबारे सरकारमा ब्यापक छलफल गर्ने यसका कानुनी तथा अन्य प्रावधान मिलाउन समय बढाउन जोड दिएको  छ । खास गरेर ‘कम्प्रिहेन्सिभ एग्रिमेन्ट अफ सोसियो इकोनमिक रिफर्म’ को खाका  तयार पार्न भनेर सरकारी पक्षले  समय बढाउन भनेको छ ।

वास्तवमा आममाफीपछि पार्टीको हात माथि पर्ने भएको र सेनाको पनि चाहना हुनु पर्ने भएकाले दुतार्ते सरकारले समय बढाउन चाहन्छ ।

जनमेलबाट ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार