
मालपोत कार्यलय बाराका अधिकृत सुमन चौधरीलाई विप्लव माओवादीले जनकारबाही गरेको छ ।
भ्रष्टाचारमा संलग्न मालपोतका ती अधिकृत चौधरीलाई विप्लव माओवादीले कालोमोसो दलेर कार्वाही गरेको हो ।
सार्वजनिक जग्गालाई भुमाफियासँग मिलेर दुई विगाह जमिन व्यक्तिको नाममा मिलाएर कमिशन खाएको, राजश्व मुल्यांकनमा कम गरी दलालहरुमार्फत मोटो कमिशन लिएको र पैसा नदिने सेवाग्राहीलाई काम नगरिदिएर दुख दिने गरेको जस्ता विषय लिएर कार्वाही गरिएको विप्लव माओवादी वाराले बताएको छ ।







