वैचारिक भुमरीमा फसेर ठूलो संकटमा परेको माओवादी केन्द्रमा अहिले पार्टी सुप्रिमो प्रचण्डलाई अर्को ठूलो सांगठनिक संकट पैदा भएको छ । पार्टीका ७० केन्द्रीय सदस्यहरुले बुधबार सामुहिक राजिनाम दिएपछि प्रचण्डलाई यतिबेला ठूलो आपत परेको छ ।

खासगरी सिन्धुपाल्चोकमा कार्यरत माओवादी केन्द्रका ७० केन्द्रीय सदस्यहरुले यस्तो सामुहिक राजिनामा दिएका हुन् । यसमा पार्टीका उपल्लो स्तरका नेतामा अग्नि सापकोटाले नेतृत्व गरेको बताइएको छ ।
सिन्धुपाल्चोकमा गरिएको उनीहरुको भेलामा पार्टीका स्थायी समिति सदस्यसमेत रहेका अग्नि सापकोटाले राजिनामा दिएका ७० केन्द्रीय सदस्यहरुको नेतृत्व गरेका छन् । पार्टी सांगठनिक रुपमा पूरै काम नलाग्ने भएको भन्दै उनीहरुले राजिनामा दिएका हुन् ।
प्रचण्डको संस्थापन पक्षका विरुद्ध माओवादी केन्द्रमा भएको यो भेला अहिलेसम्मकै निकै ठूलो भेला हो । जुन भेलामा ३ सयभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यो भेलामा अग्नि सापकोटा प्रत्यक्ष रुपमा उपस्थित नभएपनि उनकै योजनमा भएको विद्रोही माओवादी केन्द्र सिन्धुपाल्चोकका एक जिल्ला नेताले जानकारी दिए ।
जहाँ केन्द्रका पोलिटब्युरो सदस्य कृष्णप्रसाद सापकोटा, केशव नेपाल, दावा तामाङलगायत ७० केन्द्रीय सदस्यहरु रहेका छन् ।







