
नेकपा (माअाेवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले अख्तियारका प्रमुख लाेकमानसिंह कार्कीलाई नियुक्त गर्ने दलाल र भ्रष्ट्राचारी भएको भन्दै ती नियुक्त गर्नेहरूलार्इ पनि नछोडिने बताएका छन् ।
काठमाडाैंमा पार्टीको एक कार्यक्रममा बाेल्दै महासचिव विप्लवले दलाल, भ्रष्ट र विदेशीको डिजाईनमा लोकमानलाई अख्तियार प्रमुख बनाईएको बताए ।
कार्कीमाथिको कालोमोसो संकेतिक मात्र भएको भन्दै महासचिव विप्लवले दलाल-भ्रष्टविरुद्धको अभियानलार्इ निरन्तर जारी राखिने बताए ।
महासचिव विप्लवले लोकमान नियुक्त गर्नेहरुलाई अब जनताले छिट्टै कार्वाही गर्ने चेतावनी समेत दिएका छन् ।







