प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई सबैभन्दा खतरा ज्ञानेन्द्र, मोहन वैद्य र विप्लवबाट भएको बताएका छन् ।

नेपालको चर्चित एक दैनिक समाचारपत्र अन्नपूर्णमा विहिबार प्रकाशित समाचारमा प्रचण्डले विप्लव, वैद्य र ज्ञानेन्द्रलाई एउटै डालोमा हालेर उनी भारतको अझ विश्वासिलो बन्न खोजेको विश्लेषकहरुको भनाई रहेको छ ।
ज्ञानेन्द्रलाई प्रतिगामी भनेर खतरा देख्नु स्वभाविक भएपनि क्रान्तिकारी आन्दोलनमा संगै रहेका वैद्य र विप्लवलाई पनि प्रमुख खतरा देख्नु प्रचण्ड माओवादबाट धेरै टाढा पुगेको विश्लेषण पनि गर्न थालिएको छ ।
हुन त प्रचण्ड यतिबेला भारतीय विस्तारवादको आडभरोसमा प्रधानमन्त्री बनेको भन्दै वैद्यदेखि विप्लवहुँदै राष्टवादीहरुले दलालको संज्ञा दिएपछि प्रचण्डले वैद्य र विप्लवलाई प्रमुख खतरा देख्नु स्वभाविक हो ।
किनभने प्रचण्ड क्रान्तिकारी विचार र बाटो छोडेर प्रतिक्रियावादी क्याम्पमा पुगेको हुनाले यस्तो आरोप आउनु स्वभाविक भएको विश्लेषण गर्न थालिएको छ ।







