नेत्र विक्रम चन्द विप्लव नेतृत्व माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले शुक्रबार अहिले काठमाडौं नाचघरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

सो सांस्कृतिक कार्यक्रमा सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको प्रमुख उपस्थिति रहनेछ । साथै पार्टीका स्थायी समितिका नेतादेखि केन्द्रीय समितिका सदस्यहरुसमेत सहभागी हुने छन् ।

साथमा नेपाली जनवादी सांस्कृतिक आन्दोलनका अग्रजहरु रामेश, रायन, खुशीराम पाख्रिन, जीवन शर्मालगायत थुप्रै जनवादी गायकहरुले आफ्नो गीत संगीत प्रस्तुत गर्ने भएका छन् ।

माओवादी आन्दोलनमा जनवादी गीत संगीतमा ठूलो योगदान पुर्याएको सामना केन्द्रीय टोलीले विभिन्न क्रान्तिकारी गीत, नृत्यका साथै अपेराहरु प्रस्तुत गर्ने भएको छ ।

कार्यक्रम दिउसो १२ बजेदेखि सुरु हुने आयोजक जनसांस्कृतिक महासंघले जनाएको छ ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार