‘देशभक्त नेपालीको यौटै छ कुरा, महाकालीको शिर हो लिम्पियाधुरा ।’

नेपालका वरिष्ठ गीतकार रायन श्रेष्ठले यो गीत गाइरहँदा राष्ट्रिय नाचघरमा खचाखच भरिएको दर्शकदीर्घा राष्ट्रियताको भावनाले जुरुक्क उठेको थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिद्वारा राष्ट्रिय नाचघर, जमलमा आयोजित ‘राष्ट्रिय स्वाधीनका पक्षमा बृहत् सांस्कृतिक कार्यक्रम’ मा रायनले सो गीत गाएका हुन् । उनलाई सामना परिवारले सघाएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी) का महासचिव कमरेड विप्लवले नेपालको हरेक परिवर्तनमा लेखक साहित्यकार, कलाकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भए पनि राज्यसत्ताले उचित संरक्षण दिन नसकेको कुरा सम्बोधनका क्रममा बताउनुभएको थियो । जनयुद्धमा मात्रै १५० भन्दा बढी संस्कृतिकर्मीहरूको सहादत भएको स्मरण गर्दै कमरेड विप्लवले आफ्नो पार्टीले देश र जनताका निमित्त एवम् परिवर्तनका पक्षमा प्रतिवद्ध रहेका र निरन्तर खटिरहेका सबै संस्कृितकर्मीहरूको संरक्षण गर्ने कुरा बताउनुभएको थियो ।

कार्यक्रममा उपस्थित दर्शकहरूका माझ कमरेड विप्लवले सशक्त भाषण गर्दैै भन्नुभएको थियो– “अबको क्रान्तिमा सबै एक हुनुपर्दछ । आवश्यक परयो भने सेना–प्रहरीहरूले पनि आ–आफ्नो बर्दी खोलेर हामीलाई साथ दिनुपर्दछ । यो देश हाम्रो हो । यो देश नेपालीको हो, दलाल र गद्दारको होइन ।”

त्यसो त विगत साढे तीन दशकदेखि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले नेपालको हरेका परिवर्तनकारी राजनीतिक सांस्कृतिक आन्दोलनहरू चाहे प्रजातन्त्रको स्थापनाका लागि होस्, चाहे लोकतान्त्रिक गणतन्त्र स्थापना लागि होस्, नेपाली जनताको हरेक न्यायपूर्ण आन्दोलनमा यसले खेलेको भूमिका उल्लेखनीय रहेको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घले समाजभित्र रहेका जातीय उत्पीडन, लैङ्गिक विभेद, क्षेत्रीय उत्पीडन, वर्गीय उत्पीडन तथा सम्पूर्ण विभेद र कू–संस्कृतिका विरुद्ध नेपाली समाजमा नयाँ जागरण ल्याउने, सचेतना जगाउने, देशप्रेमको भावना जगाउने, भातृत्वको सन्देश भर्ने, नयाँ जनसंस्कृतिको निर्माण विकासमा आफ्नो अमूल्य योगदान पु¥याउन नेपाली धर्तीमा जुझारु भूमिका निर्वाह गरेको कुरा सर्वविदितै छ ।

नेपाली जनताका रहेको देशभक्तिपूर्ण भावना र परिवर्तनकारी सोचलाई झकझक्याउनु, जागरुक बनाउनु र राष्ट्रप्रति हुने हरेक राष्ट्रघाती कदमप्रति जनतालाई सचेत र सजग गराउने उद्देश्य रहेको सो कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, जनसांस्कृतिक महासङ्घ, चुन–शिल्पा सांस्कृतिक परिवार, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय नाचघर, सामना सांस्कृतिक परिवार, अखिल नेपाल क्रान्तिकारी चलचित्र सङ्घ, अखिल नेपाल लोककलाकर्मी सङ्घ र चिराग जनसांस्कृतिक परिवारलगायत सांस्कृतिक संस्थाहरूको सहभागिता रहेको थियो भने रायन श्रेष्ठ, जेबी टुहुरे, माधव प्रधान, लक्ष्मी गुरुङ, कुश्मिता दर्लामी, आरोह नेपाली, ढुण्डी अधिकारी, रमण थामी, रमेश विकलगायत तीनै पुस्ताका कलाकारहरूले एकल तथा सामूहिक गीत प्रस्तुत गरेका थिए ।

नेकपा (माओवादी) का महासचिव कमरेड विप्लवल मैनबत्ती प्रज्वलित गरे उद्घाटन गर्नुभएको सो कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको केन्द्रीय प्रकाशन ‘नयाँ संस्कृति’ को पनि सार्वजनिकीकरण गरिएको थियो । सो अवसरमा सामना परिवारले अन्तर्राष्ट्रिय गीत प्रस्तुत गरेको थियो ।

‘राष्ट्रिय स्वाधीनका पक्षमा बृहत् सांस्कृतिक कार्यक्रम’ मा सामना परिवारले सशक्त गीत–नृत्य प्रस्तुत गरेको थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष एवम् चर्चित जनकलाकार टेकबहादुर बलम्पाकी उद्घोषण रहेको सो कार्यक्रममा महासङ्घका उपाध्यक्ष निभा शाह र केन्द्रीय सदस्य मुक्तान थेवाले सशक्त कविता वाचन गरेका थिए ।

उक्त बृहत् सांस्कृतिक कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार शरद पौडेलद्वारा लिखित नाटक ‘अनुत्तरित प्रश्न’ को प्रदर्शन गरिएको थियो ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार