तत्कालीन मस्को सोभियत तथा रक्षा दलका अध्यक्ष भासिली प्रोनिनले खु्रश्चेभलाई स्टालिनभन्दा कयौं गुणा निरंकुश र तानाशाह भएको आरोप लगाएका छन् ।

सन् १९३९ देखि १९४५ सम्म जतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो, त्यही समयमा प्रोनिनलाई खु्रश्चोभले नै मस्कोमा बोलाएर मस्को सोभियत रक्षा दलको अध्यक्ष बन्न सिफारिस गरेका थिए । तर उनै प्रोनिनले खु्रश्चोभको गलत विचार र कार्यशैलीको खण्डन गरेका छन् ।

स्टालिनको निधनपछिको ५० वर्षपछि उनलाई रुसको चर्चित मिडियाले लिएको अन्तर्वार्तामा प्रोनिनले खु्रश्चोभ सन् १९३८ को समयमा रुसमा चलेको दमनचक्रमा स्टालिन नभएर ख्रुश्चोभको हात रहेको समेत खुलासा गरेका छन् । सो वार्ताको सारांश रातोखबर साप्ताहिकले केही समयअघि प्रकाशित गरेको थियो ।

वास्तवमा खु्रश्चोभ कस्ता मान्छे थिए ? उनले  गरेका कमजोरीबारे प्रोनिनले के भनेका थिए ? त्यसको संक्षिप्त अंश हामीले प्रकाशित गरेका छौं ।

खुश्चेभबारे नि ? खुश्चेभबारे तपाईं कस्तो सोच्नुहुन्छ ?

उनीसँग सहकार्य सामान्य नै थियो । उनले मस्को सोभियतलाई योजना निर्माण र प्रस्तावमा सघाए । उनी सुन्थे तर कहिल्यै कुनै सुझाव र विचार दिन्नथे । उनी आफ्नो विचार भएका मान्छे थिएनन् । नगरका प्रायशः सोभियत जनता उनलाई मन पराउन्नथे । उनीहरू खुश्चेभसँग अप्ठ्यारो मान्थे । किन ? खुश्चेभको शिक्षण राम्रो थिएन र त्यति खुल्दैनथ्यो । त्यो उनको कमजोरी थियो ।

त्यतिबेला भएका कुनै पनि दमनका लागि प्रायशः उनी जिम्मेवार थिए । किन ? किनभने उनको टाउकोमाथि डेमोकल्सको तरबार झुन्डिएको थियो । सन् १९२० देखि खु्रश्चेभले सधैँ त्रोत्स्की र उनको मोर्चालाई मत दिए र समर्थन गरे । लेनिनका अन्तिम दिनहरूमा उनले लेनिनका विपक्षमा समेत मत व्यक्त गरे । बदलाको डरले उनले ‘शत्रुको खोजी’ मा दिलोज्यान लगाए ।

ख्रुश्चेभले मुख्यतः असल कम्युनिस्ट र सोभियत कार्यकर्ता्विरुद्ध दमनचक्र चलाए । उनकै निर्देशनमा मस्कोका २३ जना सचिवलाई गिरफ्तार गरियो, कति यस्ता घटनाबारे स्टालिनलाई जानकारी पनि थिएन । जिल्ला, प्रान्त र क्षेत्रका सबै सचिवहरू र उनकै सहयोगीहरूलाई समेत उनले गिरफ्तार गर्न लगाए । सन् १९३८ आफू युक्रेनमा छँदा ख्रुश्चेभले मस्कोका सबै अधिकारीहरूलाई गिरफ्तार गर्न लगाए ।

हामी उतिबेला भर्खरका युवक थियौँ । खुश्चेभको कुरा सुनेर हामी आश्चर्यमा पथ्र्याैं । उनकै शब्दमा उनी आफै ‘जनताका शत्रु’ को घेराबन्दीमा परेको बेला कसरी हाम्रो असल, इमानदार कम्युनिस्ट कार्यकर्ता हौँ भनी ढुक्क हुनसक्थ्यौँ र मस्को पार्टी समितिमा उनी एक्लै हुन्थे ।

के तपाईंले उतिबेलाका तथाकथित दमन मुख्यतः खुश्चेभको काम अथवा त्यसका निम्ति उनी जिम्मेवार भएको भन्न खोज्नुभएको हो ?

हो, धेरै हदसम्मे मैले त्यही भन्न खोजेको हुँ । सन् १९३८ मा मस्को पार्टी सङ्गठनको सेर्बाकोभ आएपछि मस्को नगरका कोही पनि पार्टी कमरेडहरूलाई दबाइएन वा कामबाट निकालिएन । सन् १९४० जुलाईमा बसेको पोलिटब्युरो बैठक म स्मरण गर्छु ः सेर्बाकोभको क्षमतामा केही प्रश्न उठाएर खुश्चेभ र उनका सहयोगीहरूले उनलाई पदमुक्त गर्ने कुरा उठाए ।

सङ्गठनलाई ‘शत्रुहरू’ बाट मुक्त पार्न कुनै कदम नचालेको आरोप पनि उनीमाथि लगाइएको थियो । सेर्बाकोभलाई जोगाउन स्टालिनले भूमिका निर्वाह गर्नुभयो । मेरो उपस्थितिमै सेर्बाकोभ मस्को पार्टी सङ्गठनको प्रमुखमा आएपछि पार्टी एकाइ र आफ्नो गिरफ्तारीविरुद्ध अतिरञ्जनापूर्ण आरोप लगाएको भन्दै एनकेभीडीका कमान्डरबाट पार्टीलाई मुक्त गर्न खु्रश्चेभले भूमिका खेले । यी सबै कारबाही हुनबाट स्टालिन र सेर्बाकोभले जोगाउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार