नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवको निकै महत्वपूर्ण विचार र राजनीतिहरुमा आधारित रहेर एउटा चर्चित किताब निस्किएको छ- ‘विप्लव संकलित रचना’ ।

नेकपा (माओवादी)को केन्द्रीय प्रकाशन विभागले भर्खरै मात्र प्रकाशित गरेको छ । यसमा उनले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजबारे आफ्नो पार्टीले गर्न खोजेको विकासबारे महत्वूर्ण विषयहरु उत्थान गर्न खोजेका छन् ।
जनयुद्धकालीन समयदेखि शान्तिकालमा आउँदा कयौं महत्वपूर्ण विचार सम्प्रेषण गरेर विप्लवले नयाँ र क्रान्तिकारी विचार प्रक्षेपण गरिरहेका थिए । तिनै विचारहरुको संग्रहका रुपमा ‘विप्लव संकलित रचना’ प्रकाशित हुन पुगेको छ ।
नेकपा (माओवादी)को केन्द्रीय प्रकाशन विभागद्धारा प्रकाशित यो बुक निकै महत्वपूर्ण छ ।
महासचिव विप्लवको यो संकलित रचनामा अहिले सबैभन्दा चर्चित र महत्वपूर्ण लेख नयाँ विचारको विकास र विज्ञानको नियम भन्ने रहेको छ ।
यो लेखमा उनले माक्र्स, लेनिन र माओले आफनो समकालीन दुनियाँमा गरेको विचारको विकास र अबको समयमा क्रान्तिकारीहरुले कसरी विकास गर्ने भन्नेबारे सविस्तार चर्चा गरेका छन् ।
साथै यसमा उनले विचारको विकासमा विज्ञानको नियम कस्तो रह्यो र रहन्छ भन्नेबारे पनि यथेष्ट चर्चा गरेका छन् ।
यो संकलित रचनामा महासचिव विप्लवका लेखहरु शान्तिकालपछि प्रचण्ड बाबुरामविरुद्धको दुई लाइन संघर्षमा तयार पारिएका निकै चर्चित र महत्वपूर्ण विचारहरु रहेका छन् ।
अब क्रमश पार्टीको केन्द्रीय प्रकाशन विभागले महासचिव विप्लवका अरु कयौं संचलित रचनाहरु पनि प्रकाशित गर्ने बताएको छ ।







