सरकारले भारतीय हवाई सुरक्षा बल (एयरमार्सल)लाई त्रिभुवन विमानस्थलमा राख्ने तयारी गरेेकाे भन्दै नेत्र विक्रम चन्द विप्लव माअाेवादीले अाइतबार विराेध प्रदर्शन गरेकाे छ  ।

प्रचण्ड सरकारले केही दिन अघि नागरिक उड्यन प्राधिकरणका उच्च स्तरीय कर्मचारीलाई भारतीयसँग नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेना राख्न दिने सम्झौता गर्न अनुमति दिएको थियाे ।

नेपालकाे एकमात्र विमानस्थलमा प्रचण्ड सरकारले भित्रभित्रै एयर मार्सल राखेकाे बारे सरकारले स्पष्ट जवाफ दिनु पर्ने भन्दै विप्लव माअाेवादी सडकमा निस्केकाे हाे ।

अाज अाइतबार विराेध प्रदर्शनकाे नेतृत्व पार्टी स्थायी समिति सदस्य तथा केन्द्रीय जनपरिषद् अध्यक्ष सन्ताेष बुढाले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार