घोराही, १६ माघ । दाङको बनकट्टीमा रहेको सहिद स्मृति आवासिय विद्यालयमा सहिद दिवसको अवसर पारेर विप्लव माओवादी अखिल क्रान्तिकारी राप्ती व्युरोद्धारा एक कार्यक्रमको आयोजना गरी सहिदका सन्तानसंग भेटघाट कार्य सम्पन्न गरेको छ ।

कार्यक्रममा  विप्लव माओवादी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा राप्ती व्युरो संयोजक नरेन्द्र वि.कले सहिदको सपना साकार पार्न अर्काे बलिदानी गर्न परे पनि पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दलालहरूको कारण देश जटिल मोडमा पुगेकाले देश जोगाउँन सम्पूर्ण सहिद परिवारहरू एकजुट भएर एकीकृत जनक्रान्तिको बाटोमा लाम्वद्ध भएर अगाडि बढ्न पर्ने बताएका थिए ।

कार्यक्रममा विद्यार्थी प्रेम वि.क, कुलदीप नेपाली, कविता पुनले सहिदको सम्झना स्वरूप कविता वाचन गरेका थिए ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य हेमन्त जिसी, अखिल क्रान्तिकारी दाङ जिल्लाका संयोजक मदन केसी, विद्यालयका शिक्षक राजेन्द्र पौडेल र शिक्षिका समिता शर्मा लगातले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

गिता बुढाको स्वागत गीतबाट सुरू भएको कार्यक्रयमको सहजीकरण तेज विक्रम वलीले गरेका हुन ।

त्यस्तै सहिद स्मृति विद्यालयमा अध्ययन गर्दै गर्दा ज्यान गुमाएका तीन विद्यार्थीहरूको नाममा डि.एन.एन. स्मृतिकोष स्थापना गरिएकाे छ । उक्त कोषमा सोही विद्यालयका विद्यार्थी लालकिरण घर्तिलार्इ संयोजक तोकिएको छ ।

विद्यार्थीलाई थप हौसला प्रदान गर्नका लागि अखिल क्रान्तिकारी राप्ती व्युरोद्धारा उक्त कोषलाई १० हजार रूपैया हस्तान्त्रण गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार