भारत-पाकिस्तान सिमानामा चीनमा निर्मित आधुनिक हतियार भेटिएपछि भारतीय सेनामा खैलाबैला मच्चिएको छ।

विधानसभा चुनाव २०१७ को तयारी चलिरेका बेला यो घटना सार्वजनिक भएको हो । भारत-पाकिस्तान सिमानामा पाकिस्तानी र चिनियाँ हतियार बरामद भएको पुष्टि भारतीय सेनाले पनि गरेको छ ।
अमृतसर क्षेत्रको बीओपी दाउके नजिकै भेटिएका यी हतियार देखेर भारतीय सिमा सुरक्षा बलका जवानको होस उडेको छ। हतियार भेटिएपछि बीएसएफको विभागमै हल्लीखल्ली भएको हो ।
हतियरा भेटिएलगत्तै सिमानामा सुरक्षा बढाइएको छ । साथै भारतीय सेनाले सर्च अभियान पनि चलाएको छ । बीएसएफ अधिकारीका अनुसार उनीहरुलाई पाकिस्तानबाट हतियार आएको सूचना मलेको थियो । त्यहीकारण सिमानामा सुरक्षा सतर्कता बढाइएको थियो ।
बीएसएफका वरिष्ठ प्रवक्ता तथा डीआईजी आरएस कटारियाले बताए अनुसार विधानसभा चुनावका कारण पञ्जाबसँग जोडिएको भारत-पाकिस्तानको सिमानामा गस्ती तीब्र पारिएको छ ।
बीएसएफले त्यहाँबाट ७.६३ एमएमको चीनमा बनेको तीनवट पेस्तोल, तीनवटा म्यागजीन र २८ वटा कार्तुस पनि बरामद गरेको थियो । त्यसैगरीपाकिस्तानमा बनेको एक घरेलु पेस्तोल १२ एमएम र दुई थान कार्तुस पनि बरामद गरेको छ।







