काठमाडौं । आगामी फागुन ३ गतेभित्रैमा नेपाल प्रहरीले नयाँ आईजीपी पाइसक्नेछ । आईजीपी बन्ने पहिलो नम्बरमा रहेको डिआईजी नवराज सिलवाललाई आफ्नै धन्दा बाधक बन्ने संकेत मिलेको छ ।
आइजीपी बन्ने लाइनमा रहेको सिलवाललाई विगतमा १०८ प्रतिशत ब्याजमा मिटरब्याजमा पैसा लगानी गर्ने गरेको आरोप सत्यता नजिक पुगेपछि अप्ठेरोमा परेका छन् । हाल केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीमा रहेका सिलवालको नामको पूर्जा सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमो उजुरी परी कारवाही प्रक्रिया अघि बढेपछि अप्ठेरोमा परेका हुन् ।
घर जग्गा व्यवसायी गुनबहादुर थापा (शम्भु) लाई बैंकिङ कसुरको झुटो मुद्दा लगाई भिमफेदी कारागारमा पुरयाएर तत्कालिन एसएसपी सिलवालले ठूलो अन्याय गरेको र कानुनको धज्जी उडाएको भन्दै अख्तियारमा उजुरी दिएका छन् । यसअघि पनि पाँच पटक सम्म पत्रकार सम्मेलन गरेर आफू अन्यायमा परेको दावी गर्दै आएका थापाले सिलवाल र आफूबीचको कारोबारको सम्पूर्ण विवरण सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेपछि यो केस नयाँ मोडमा पुगेको छ । यद्यपि थापाले यसअघिमाथि अन्याय गर्ने सिलवालमाथि प्रतिशोध साध्ने हिसाबले उजुरी दिएको देखिन आएको छ ।
सिलवालको नाममा जग्गा रजिष्ट्रेशन पास गरेको प्रमाणसहित उजुरी दर्ता गरेपछि अख्तियारले छानविनका लागि प्रहरी प्रधान कार्यालयसँग प्रतिक्रिया मागि अन्तिम प्रतिवेदन तयार गरिसकेको पुलिस हेडक्वार्टर स्रोतले जनाएको छ ।
अख्तियारमा २०७३ भदौं २१ मा गुनबहादुरका छोरा सागर थापाले लामो समयदेखि पदिय अधिकारको दुरुपयोग गर्दै आफ्ना बुबालाई विभिन्न झुठा आरोप र झुट्टा मुद्दाहरू लगाएर अबैध रुपमा पैसा असुली मानसिक यातना दिंदै फसाउँदै आएकोले न्याय दिलाई पाउ र सिलवालमाथि कारवाही गरी पाउन भन्दै उजुरी दर्ता गराएका थिए ।
सो सम्बन्धमा अख्तियारले कार्तिक १ गते त्यस विषयमा के भएको हो भनेर प्रहरी प्रधान कार्यालय नक्साललाई चलानी नम्वर ५५२ राखेर प्रतिक्रिया मागेको र प्रहरी प्रधान कार्यालयले दिएको जवाफबारे खुल्न सकेको छैन ।
प्रहरीको आन्तरिक छानविनका क्रममा पनि थापालाई इटहरीका तत्कालिन डिएसपी विनोद शर्माले सिलवालको निर्देशन पालना गरी मानव ओसार पसारको झुटो मुद्दामा फसाएको दावी पीडित पक्षले गरेका छन् ।
उता, नयाँ आईजीपी बन्ने क्रममा प्रतिस्पर्धामा रहेको डिआईजीहरूले हदभन्दा बढि नै भारतको चाकडी गर्न थालेका छन् । तीन जना डिआईजीहरू भारतको चाकडीमा व्यस्त रहेको बेला चौथा नम्बरका डिआईजी बम बहादुर समेत रेल्वेलाईन बिस्फोटको योजना बिफल पारेको भन्दै भारतको लागि काम गर्ने इमान्दार सावित गर्न विभिन्न सञ्चार माध्यम धाइरहेका छन् ।
यसबाट नेपाल प्रहरीको आईजीपी बन्ने लाइनमा रहेकाहरू अधिकांश भारतीय चाकडी र गुलामी गर्दै आइरहेको अनुमान गर्न कठीन देखिदैन । नेपाली जनताले तिरेको करबाट सेवा सुविधा लिने प्रहरी अधिकृतहरू आईजीपी बन्ने क्रममा भने भारतको चाकडी गर्ने प्रवृत्तिले राष्ट्रिय स्वाभिमान धुजाधुजा हुन पुगेको छ ।







