माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहेका छन् । तर अहिले सिंगो पार्टी र प्रधानमन्त्रीको नेतृत्व वर्षमान पुन अनन्तले गरिरहेको भन्दै माओवादी केन्द्रकै नेताहरु अनन्तविरुद्ध उत्रिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड सानो घेरामा सीमित रहेको, स्वार्थका निर्णयहरु गराउन सो घेरामा क्रियाशिल रहेको र प्रधानमन्त्रीले सबै नेताहरुलाई समेट्न नसकेकोलगायतका कारण देखाउदै माओवादी केन्द्रका शीर्षस्थ नेताहरु उनीसँग चरम रुपमा असन्तुष्ट भएका हुन् ।

माओवादी केन्द्रको उच्च स्रोतका अनुसार सरकार संचालनसँग सम्बन्धित निर्णयहरु बन्द कोठामा बसेर तय गर्ने र पत्रपत्रिकामा आएपछि मात्र नेताहरुले थाहा पाउने गरेको गुनासो माओवादी केन्द्रको सबै पंक्तिमा व्यापक बनाइएको छ, ।

प्रचण्डलाई यसरी साँघुरो घेरामा सीमित गर्ने काम अनन्तले मुख्य रोल खेलेको भन्दै माओवादी केन्द्रका असन्तुष्ट नेताहरु अनन्तका विरुद्ध पनि उत्रिएका छन् ।

कतिपय मन्त्रीहरुले समेत सरकारका निर्णयहरु धेरैपछि थाहा पाउने र मन्त्रीले एउटा तयारी गरे पनि त्यो तयारीअनुरुप नभई प्रधानमन्त्री वरिपरि रहेको सानो घेराले आफ्नो स्वार्थ पूरा गराउने गरी निर्णय गराउन बाध्य बनाएको भन्दै धेरै नेताहरुले प्रचण्ड कार्यशैलीको विरोध गरेका छन् ।

माओवादी केन्द्रका एक नेताले पार्टी गुटहरुको महासंघ जस्तो देखिएको, माओवादी केन्द्रमा फरक फरक गुटको फरक फरक स्वार्थ सम्बोधन गर्न नसक्दा प्रचण्ड पनि सानो घेरामा मात्र विश्वास गर्न बाध्य रहेको गुनासो प्रधानमन्त्रीकै सचिवालयले गर्ने गरेको छ ।

तर अरु नेताहरु भने अन्य कारण देखाएर प्रधानमन्त्री निकट केही व्यक्तिहरु र सचिवालयका केहीले मात्र आफ्नो स्वार्थ पूरा गरिरहेको आरोप निरन्तर लगाइरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई सानो घेरामा पार्ने कामको नेतृत्व नेता वर्षमान पुनले गरेपछि नेताहरुले अनन्तलाई ठीक पार्न मोर्चाबन्दी समेत गरेको बुझिएको छ । अनन्त अहिले छायाँ प्रधानमन्त्रीको रुपमा प्रस्तुत हुने गरेको समेत माओवादी केन्द्र र प्रधानमन्त्री सचिवालयमा हल्ला चल्ने गरेको छ ।

अनन्तमाथि क्षेत्र, जाति र स्वार्थ मात्र हेर्ने गरेको आरोप लाग्ने गरेको छ । उनले प्रधानमन्त्रीलाई सबैको प्रधानमन्त्री हो भन्ने अनुभव हुनेगरी काम गर्न नदिएको पनि उनीहरुको आरोप छ ।

ठूला निर्णय गर्दा सुटुक्क गर्न बाध्य पार्ने पुनले अन्य नेताहरुले सानो काम भनेपनि त्यसको ठूलो हल्ला गराउने र फलानो नेताले यस्तो काम भनेको छ भनेर केही दिन काम अड्काइ त्यो काम नै विवादमा पार्ने गरका छन् ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार