काठमाडाैं/जनताको जीवनस्तर माथि नउठेसंम म निरन्तर संंघर्षको बाटोमा लागिरहन्छु भनेर अर्धभुमिगत जीवनयापन गरिरहनुभएका आदरणीय नेता क. मोहनविक्रम सिंह बिरामी भई ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएको छ ।
उहाँलाई भेट्न हिजोका सहकर्मी तथा जनयुद्धका कमान्डरको पगरी गुथेका प्रचण्ड हालका दलाल संसदीय व्यवस्थाका प्रधानमन्त्री पुष्पकमल दाहाल, मोहन वैद्य किरणलगायत धेरै महानुभावहरु भेटघाट गर्न जानुभएको छ ।
तर पुष्पकमल दाहालले भेट्दा क. मोहनविक्रम सिंह खास खुसी देखिएनन् तर दाहाल धेरै खुशी देखिए ।
उता हिजोको आफ्नो आशलाग्दो कार्यकर्ता र आजको नेपाली क्रान्तिको भरपर्दो क्रान्तिकारी नेता क. विप्लव भेट्न जादाचाहिँ भने हसिला अलि फ़ुर्तिलो भएर गफगाफ गरेको देखियाे ।
तनेकपा (माओवादी) का महासचिव कमरेड विप्लव भेट्न अस्पताल पुग्दा सिंह निकै खुसी हुनुलाई राजनीतिकवृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।







