काठमाडौं/माआवादी केन्द्रको वाइसियलको एकता भेलामा मातृका यादवले उपद्रो मच्चाएका छन् । त्यसकारण उनको समूह भेला बहिष्कार गरेर बाहिरिएको छ ।
भेलामा कार्यविभाजन नमिलेको भन्दै यादव समुहका युवाहरुले कार्यक्रम बहिष्कार गरेर हलबाट बाहिरिएका हुन् । वाइसिएलको कार्यविभाजनमा आफुमाथि अन्याय भएको भन्दै उनीहरु हलबाट बाहिरिएका हुन् ।
वाईसीयलको कार्यविभाजनमा उनीहरुले आफ्नो समूहलाई सह–संयोजकको जिम्मेवारी दिनुपर्ने माग राखेका थिए ।
संगठनको नीतिमा नै संयोजक मात्रै तोक्ने भनिएकोले उहाँहरुले सहसंयोजक चाहियो भनेर राखेको माग उपयुक्त नभएको वाइसीएलका पूर्वमहासचिव दीपशिखाले बताएका छन् ।
उनीहरुले एकता प्रक्रियाबाटै आएका नेता मणि थापाविरुद्ध नाराबाजी पनि गरेका छन् ।
‘मणि थापा मुर्दावाद, एकता प्रक्रिया मान्दैनौँ’ जस्ता नारा लगाउँदै उनीहरु हलबाट बाहिरिएका हुन् ।
काठमाडौंको तीनकुनेस्थीत ताज पार्टी प्यालेसमा वाईसीयलको एकता भेला चलिरहेको छ ।







