
ओडिसा, फेब्रवरी १, ्भारतीय संचार माध्यमका अनुसार विहीबार भारतको ओडिसाको कोरोपुटको मुंगरभूमि नजिकै माओवादी माइन एम्बुसमा परेर ओडिसा स्टेट आर्म्स फोर्सका ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने र २० भन्दा बढी घाइते भएका छन् ।
पुलिसको एउटा ट्रक ३० जनालाई लिएर गैरहेको बेला सो ठाउँमा एम्बुसमा परेको हो । उनीहरू तालिमका लागि भुवनेसरतिर जाँदै थिए ।
सरकारका तर्फबाट यसबारे केही नभने पनि मृत्यु हुनेको संख्या सो भन्दा बढी भएको र अस्पतालमा उपचारका लागि लागिएकाहरूको हालत पनि गम्भीर रहेकाे बताइएकाे छ ।
जनमेलबाट ।







