पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार साँझ अचानक थाइल्याण्डको राजधानी बैंकक उडेका छन् ।

निर्मल निवास स्रोतले दिएको जानकारीअनुशार शाहको बैंकक यात्रा उनी उडेपछि मात्रै सिमित व्यक्तिहरुलाई थाहा भएको हो ।

पूर्वराजाको साथमा को को छन् भन्ने खुल्न सकेको छैन । यद्यपि बुहारी हिमानी रहेको स्रोतको दाबी छ । पूर्वराजाको बैंककमा कोसँग भेट हुने भन्ने कुनै खबर छैन । जानकारहरुका अनुशार उनी राजनीतिक कसरतकै लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनका बैंकक बसाई र नेपाल फर्कने मिति आदि कुनै कुरा खुल्न सकेको छैन ।

उनको यो भ्रमणलाई धेरै अर्थपूर्ण रुपमा हेरिएको छ ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार