काठमाडौं/मधेसी जनतमा भ्रम गरे मधेस टुक्र्याउनेसम्को धम्की दिँदै हिँड्ने सिके साउत प्रहरी फन्दामा परेका छन् । स्वतन्त्र मधेस नामक अभियान सञ्चालन गर्दै आएका उनलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो । सिराहाका राउत पछिल्लो समय जनकपुरमा बस्थे भने त्यहीबाट आफ्नो गतिविधि सञ्चालन गर्थे ।
पछिल्लो समय उनले सिरहामा भएको आमसभामा मधेस टुक्राउने भनि खुलेआम अभिव्यक्ति दिएका थिए । सोलगत्तै उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । उनका विषमा अहिले विभिन्न कुराहरू बाहिर आइरहेका छन् ।

को हुन् सिके राउत ?
मधेस नेपालभित्र अटाउन नसक्ने र अलग्गै स्वतन्त्र देश हुने घोषणा गर्दै मधेसी युवालाई देशविरुद्ध भड्काउने अभियान चलाएका व्यक्ति हुन् सिके राउत । । उनले केही समयअघि स्वतन्त्र मधेस राष्ट्रका विषयमा विराटनगरस्थित रामजानकी मन्दिरमा खुला छलफल चलाएका थिए । कार्यक्रममा प्रवचन दिएका राउतले नेपालबाट अलग्गै ‘मधेस देश’ बनाएर स्वराज गर्ने आन्दोलनमा लाग्न युवाहरूलाई आह्वान गरेका थिए । उनलाई पक्राउ गर्न गृह मन्त्रालयमा भएका सुरक्षा बैठकहरूमा पटकपटक छलफल भएका थिए । सप्तरी महादेबा ७ मा जन्मिएका राउत लामो समय अमेरिका बसेर फकिर्एका व्यक्ति हुन् ।
उनले अमेरिकी सरकारको मातहतको कम्पनीमा केही समय जागिर खाएका थिए । सामान्य परिवारका उनी देश टुक्राउने काममा लाखौँ रकम खर्च गर्दै कसरी देश दौडाहा गर्दै छन् र युवालाई भड्काउन लागेका छन् भन्ने जानकारी सुरक्षा निकायले पाउन सकेका छैनन् । उनी पटकपटक स्थलमार्ग हुँदै भारतका विभिन्न सहरमा जाने गरेका रिपोर्ट गृह मन्त्रालयमा छ । काठमाडौँ इन्जिनियरिङ पढेर क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी गरेका राउत कम्प्युटर वैज्ञानिक पनि हुन् । उनी सन् २०११ मा अमेरिकाबाट नेपाल फकिर्एका थिए । राउत अमेरिकामा दर्ता गरिएको गैरआवासीय मधेसी सङ्घ र स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय संयोजक हुन् ।
यस्तो बेलेको थिए सिके राउतले – पहाडी महिला वेश्या हुन नेपाली सेना कायर हुन्
पहाडी जिल्लाका भुकम्प पीडितलाई तराईमा पुनरस्थापना गरिएमा युद्ध गर्ने धम्की दिएका विवादा स्पत व्यक्ति डा. सिके राउतले नेपाली महिला र नेपाली सेनामाथि गम्भीर आरोप लगाएका छन् । एक मधेस एक प्रदेशको नारा उचालेर केही समयअघि निकै विवादमा आएका डा. राउत पछिल्लो समय भुकम्प प्रभावितलाई तराई सार्ने कि भन्ने बारेमा चलिरहेको छलफलमा निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए । उनले पहाडमा भुकम्पको क्षति भएको नाममा मान्छे तराईमा सार्न नपाइने भन्दै यदि सारिएमा त्यसका विरुद्ध आफूले युद्ध गर्ने धम्की दिएका थिए । उनको यो अभिव्यक्तिको सर्वत्र विरोध भएको थियो ।
त्यसलगत्तै तिनै राउतले फेरि अर्को गम्भीर आरोप आफ्नो ट्वीटर स्टाटसमा लगाएका छन् । उनले आफ्नो ट्वीटर पो स्टमा पहाडी महिलाहरू वेश्या भएको आरोप लगाएका छन् । साथै उनले यो उनीहरूको पुख्र्यौली पेशा भएको समेत दावी गरेका छन् । रौतहटमा यौनकर्मी पक्राउ परेको भन्दै कसैको फोटो राखेर उनले यो ट्वीट गरेका छन् । उनले यो कुरा पटक पटकका पो स्टमा उल्लेख गरेका छन् । अर्को पो स्टमा भुकम्प पीडितलाई मधेस ल्याउँदा बेश्यावृति भित्रने दावी गरेका छन् । उनले पहाडीलाई नेपालीको संज्ञा दिँदै उनीहरूलाई मधेसमा सार्दा पुनर्निर्माण नभई मधेस ध्वस्त हुने बताएका छन् । तराईमा वन फडानी हुने, जमिन कब्जा हुनेदेखि हैजा, वेश्यावृति र आतंक मधेस भित्रने दावीसमेत गरेका छन् ।
प्रचण्ड र सिके राउत एउटै शक्तिकेन्द्रद्वारा परिचालित
राजनीतिक विश्लेषकहरू के भन्दछन् भने प्रचण्ड सरकार सिके राउत एकै सिक्काका दुई पाटा हुन् । अहिले सरकार सिकै राउतलाई पक्राउ गरेर नाटक गरिरहेको छ । संविधान संशोधनको जटिल परिस्थिति र स्थानीय निर्वाचनको घोषणा गर्न प्रचण्डलाई चर्को सकस परिरहेको यतिबेला सिके राउतलाई पक्राउ गर्नुले धेरैलाई आशंकाको सुविधा दिएको छ ।







