माओवादी नेता र कार्यकर्तामाथि गरेको धरपकड र गिरफ्तारीका विरुद्ध आज नेकपा माओवादीले विरोध प्रदर्शन गर्ने भएको छ ।

आज दिउसो ठीक ३ बजे नेकपा माओवादीले राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ ।

आसन्न महाधिवेशनका अवसरमा पार्टीका कयौं नेता र कार्यकर्तालाई गरेको धरपकडका विरुद्ध यस्तो आन्दोलन गर्न थालेको हो ।

साथै हिजो बसेको मन्त्री परिषद बैठकमा गृहमन्त्री विमिलेन्द्र निधिले राखेको जनविरोधी र राष्ट्रघाती षडयन्त्रका विरुद्ध पनि आज माओवादीले विरोध प्रदर्शन थालेको हो ।

तर सो प्रस्तावलाई मन्त्रीपरिषदको बैठकले अस्वीकार गरेको थियो ।

गृहमन्त्री निधिको सो जनविरोधी हर्कतका विरुद्ध आज विप्लव माओवादीले शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गर्न थालेको हो ।

Save

Save

Save

Save

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार