नेकपा (माओवादी)का स्थायी समिति सदस्य सन्तोष बुढामगरले राज्यले आफूहरुलाई भुमिगत जान बाध्य पार्न खोजे पनि आफुहरु भुमिगत नहुने बताएका छ्न् ।

आज पार्टीले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै नेता बुढामगरले भारतको निर्देशनमा बनेको सरकारको आदेशलाई अब नेपालका देशभक्त सुरक्षाकर्मीहरुले पालना नगर्ने बताए ।
नेता बुढाले राज्यले पार्टीको महाधिवेशन भाडन र देशभक्ति अभियानलाई तुहान आफुहरुको विरुद्ध षड्यन्त्र गरेको आरोप लगाए ।

कांग्रेस र एमालेले पचासौं करोड चन्दा उठाउँदा चन्दा आतंक नदेख्ने गृहमन्त्री विमेलेन्द्र निधिको सरकारले दुई चार हजार महाधिवेशनका लागि चन्दा उठाउने पार्टीका कार्यकर्ताहरुलाई गिरफ्तार गर्नु अचम्म भएको बताए ।
आफुहरुले महाधिवेशनपछि देशभक्त र राष्ट्रवादीहरुसँग मिलेर परिवर्तनको अभियानलाई जारी राख्ने नेता बुढाले बताए ।








