नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले फागुनमा १ मा ८ औं महाधिवेशनको पूर्व सन्ध्यामा उपत्यका लगायत देशैभरी मोटर साइकल र्याली सम्पन्न गरेको छ ।

सोमबार काठमाडौं उपत्यकालगायत देशभर विप्लव माओवादीले आठौं महाधिवेशनको पूर्व सन्ध्यामा र्याली कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं उपत्यकाको भक्तपुरदेखि सुरु भई राजधानीका विभिन्न स्थानमा मोटर साइकल र्याली गरेर कार्यक्रम सम्पन्न गरेको हो ।
यसैगरी काठमाडौंलगायत उपत्यकाबाहिरका विभिन्न क्षेत्रमा पनि विप्लव माओवादीले मोटर साइकल र्याली सम्पन्न गरेका छन् । बुटवल, कैलालीलगायत देशभर मोटर साइकल र्याली सम्पन्न गरिएको छ ।

उपत्यकाको भक्तपुरमा आयोजित र्याली

बुटवलमा आयोजित र्याली

कैलालीमा आयोजित र्याली







