नेकपा (माओवादी)ले गिरफ्तार गरिएका कार्यकर्ताले नछोडे आन्दोलनमा जाने बताएको छ ।

पार्टीको भेरी–कर्णाली ब्यूरो इन्चार्ज एटम बिसीले एक विज्ञप्ति जारी गरेर महाधिवेशनको प्रचारप्रसारको क्रममा दैलेख जिल्ला सदस्य भिमबहादुर नेपाली र चन्द्रबहादुर बुढालाई गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छन् ।

‘दैलेख जिल्लामा हाम्रो पार्टीको बढ्दो प्रभावका कारण अत्तालिएको राज्य प्रशासन, केही प्रतिक्रियावादी, संशोधनवादी दलालहरुले षड्यन्त्रमुलक ढंगले दैलेख जिल्ला पार्टी सदस्य क. भिमबहादुर नेपाली र चन्द्रबहादुर बुढालाई बिना कारण गिरप्mतार गरिएको प्रति हाम्रो पार्टी घोर भर्त्सना गर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ ।

सोमबार जारी गरेको विज्ञप्तिमा निर्दोस नेताहरुलाई रिहाई नगरे कडा आन्दोलनको घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा राज्यले लिनु पर्ने बिसीले चेतावनी दिएका छन् ।

अनलाइन डबलीबाट ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार