प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी मित्रराष्ट्र चीनले त्यति वास्ता नगरेको गुनासाहरु वर्तमान सरकारकै मन्त्रीहरुले गर्न थालेका छन्।

चीनले त्यति वास्ता नगरेपछि नेपालको राजनीतिमा अहिले नेपाल–चीन सम्बन्धमा चिसोपना आएको हो कि भनेर चर्चा सूरु भएको छ। प्रचण्ड नेतृत्वको सरकार गठन भएको ६ महिना वितिसक्दा पनि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले एकपटकपनि चीनको भ्रमण गरेका छैनन्। तर यो वीचमा उनले पाँच पटक भारत भ्रमण गरिसकेका छन्।

मन्त्री महतले चीनको भ्रमण नगर्नुमा चीनले त्यति वास्ता नगर्नु नै प्रमुख कारण रहेको उच्च स्रोतको दाबी छ। नेपालका लागि नयाँ चीनीयाँ राजदुत यू होंगसँगपनि मन्त्री डा. महतले पटक पटक चीन भ्रमणको लागि आग्रह गरेका थिए, तर उनले अहिले भ्रमणको निम्तो दिन नमिल्ने संकेत गरेकी थिईन्।

प्रधानमन्त्री दाहालले नेपाल–चीन सम्बन्ध सुमधुर बनाउनको लागि नै चीनका लागि नेपाली राजदुतमा पूर्व मुख्य सचिव लिलामणि पौडेललाई राजदुत बनाएर पठाएका हुन्। तर राजदुत पौडेलले अथक प्रयास गर्दापनि चीनीयाँ उच्च सरकारी पदस्थहरुले प्रधानमन्त्री दाहाललाई भ्रमणको निम्तो दिन मानेको छैन्। यो वीचमा नेपालबाट चीनमा कुनैपनि उच्चस्तरीय भ्रमणहरु हुन सकेको छैन्।

परराष्ट्रमन्त्री महतले हालै एक अनलाईनमा अन्र्तवार्ता दिँदै आफू चीन जान ईच्छुक रहेको जनाए। महतले भनेका छन्,“दुई देशका सचिवहरू रहने द्विपक्षीय संयन्त्रको बैठकका लागि पत्र लेखेर पठाएका छौं। उहाँहरूले त्यसलाई स्वीकारेपछि बैठक हुनेछ। परराष्ट्रमन्त्री तहको वैठकका लागि पनि हामीले भनिरहेका छौं। अरूखाले कार्यालय तहको भ्रमण ल्हासासम्म त भएको छ। यहाँ पनि चिनियाँ प्रतिनिधिमण्डलको पटक पटक भ्रमण भइनै रहेको छ। उहाँहरूको उपयुक्त समयमा हामी चीन जान जहिले पनि तयार छौं।”

अघिल्लो केपी शर्मा ओली नेर्तत्वको सरकारले चीनसँग गरेका समझदारीहरू कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै जनाएका थिए। भारतको गोवामा चीनका राष्ट्रपति सि जिनपिंग र नेपालका प्रधानमन्त्री प्रचण्डबीच दुई पक्षीय सहयोग–सम्बन्ध विस्तार गर्नेबारे विस्तृत छलफल भएको समाचार बाहिर आएको थियो। त त्यतिवेला नेपालका प्रधानमन्त्रीले आफूले एकैचाटि चीन र भारतका सरकार प्रमुखसँग भेटवार्ता गरेको भनेर दाबी समेत गरेका थिए।

नेपाल सँधै नेपाल अस्थिर भएको भनेर चीनीयाँ पक्षले गुनासो गरिरहेको छ।

अहिले नेपालमा संविधान संशोधनलाई लिएर पक्ष र विपक्षमा व्यापक बहस चलिरहेको छ। सरकारले मधेशी मोर्चा लगायत अन्य असन्तुष्टहरुको आवाजलाई सम्बोधन गर्नुपर्छ भनेर संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गराएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायका अन्य विपक्षी दलहरुले यसको व्यापक विरोध गरिरहेका छन्। यस्तो अवस्थामा मुलुकमा फेरि राजनीतिक अस्थिरता देखिएको छ। चीन संशकित बन्नु स्वाभाविक नै हो।

राससबाट ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार