
नेकपा (माअाेवादी केन्द्र) भ्रष्टाचारीकाे अखडा भएकाे भन्दै एक केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् ।
केन्द्रीय सदस्य हरिप्रासद पाैडेले साेमबार एक विज्ञप्ति जारी गरेर माअाेवादी केन्द्र संसदीय दलदलमा फसेर भ्रष्टाचारीका पार्टी भएकाे भन्दै नेकपा (माअाेवादी)मा प्रवेश गरेकाे बताएका छन् ।
पाैडेलले विज्ञप्तिमा माअाेवादी केन्द्रले जनताको एजेण्डा छाेडेर विसर्जनमा पुगेकाे अाराेप समेत लगाएका छन् । उनले नेकपा (माओवादी)ले अगाडि सारेकाे एकीकृत जनक्रान्तिको कार्यदिशाप्रति पूर्ण सहमत भएकाे बताएका छन् ।
अनलाइन डवलीबाट ।







