क्रान्तिकारी कम्युनिस्ट पार्टी क्यानडाले क्यानडा स्थापनाको १५० वर्ष र महान् रूसी अक्टोबर क्रान्ति सम्पन्न भएको १०० वर्ष पुगेको अवसरमा आफ्नो पार्टी मुखपत्र ‘आर्सनल’ प्रकाशित गरेको छ ।

‘आर्सनल’ को सम्पादकीयमा  ”फरक फरक सन्दर्भ भए पनि क्यानडाका लागि यी दुबैको विशेस अर्थ छ”, भनिएको छ ।

”यस अवसरमा हामीले  हाम्रो सैद्धान्तिकसै पत्रिका ‘आर्सनल’ लाई पुन: प्रकाशित गरेका छौं । एक दसक भएछ, जतिबेर हामीले हाम्रो पार्टी पिसिआर- आरसिपी तदर्थ कमिटीसित सम्बद्ध दस्ताबेज प्रकाशित गरेका थियौं ।”  सम्पादकीयमा भनिएको छ-  ”त्यसबेलादेखि हामीले केही महत्त्वपूर्ण सांगठनिक गतिबिधि गरे पनि आम पाठकका लागि कुनै पनि नयाँ प्रकाशन गरेका छैनौं । अक्टोबर क्रान्तिलाई दिशाबोध गराउने  लेनिनको महत्त्वपूर्ण कथन, ( क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन हुन  सक्तैन) लाई हामीले अंगालेका छौं भने सैद्धान्तिक अभावलाई पूरा गर्न यसलाई पनि ”अप”  गर्नु  आवश्यक छ ।”

”हामी मार्क्सवादी- लेनिनवादी मात्रै नभएकाले हामीले अर्को क्रान्तिकारी निरन्तरतालाई जोडेर व्यवहारमा जानुपर्छ—त्यो भनेको माओवाद पदावलीसित जोडिएको वैचारिक पक्षको महत्त्वको आत्मसातीकरण  हो । हामी क्यानाडामा नयाँ ढंगको पार्टी बनाउन चाहन्छौं,  जसमा  यो सामान्य रूपमा लेनिनवादी पार्टी मात्र  नभएर, यो हाम्रो सिद्धान्त र शक्तिअनुसारको माओवादी पार्टी हुनेछ ।”  सम्पादकीयमै अगाडि भनिएको छ –  ”त्यसैले हामीले हाम्रो सैद्धान्तिक प्रकाशनलाई त्यसैतर्फ  प्रवृत्त गरायौं—” नयाँ ढंगको माओवादी पार्टी” । त्यसैले हामीले थोरै भए पनि हाम्रो विचार र हाम्रो संगठनसित परिचित हुन् चाहने र  रुचि राख्ने पाठकहरू तथा अक्टोबर क्रान्तिको निरन्तरतालाई ध्यानमा राखेर यसको प्रकाशन गरेका हौं ।”

सो ‘आर्सनल” सैद्धान्तिक पत्रिकाले  पत्रिकामा समाविष्ट लेखहरू अहिलेको सामाजिक परिस्थितिमा क्रान्ति सम्पन्न गर्न  फलदायी हुनेछन् भन्ने कुरामा हामी आशावादी छौं भनेर आफ्नो सम्पादकीय टुंग्याएको छ ।

जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार