नेकपा (माओवादी) को सहायक तथा युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले कार्तिक २७ गते सुरु गरेको राष्ट्रको लागि युवा अभियान कार्यक्रम बिहिबार राजधानीमा एक कार्यक्रमको बीच समापन भएको छ ।

राष्ट्रिय युवा जनस्वयंसेवक केन्द्रीय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी) का महासचिव विप्लवले सम्वोधन गर्नु भएको थियो । युवाहरुका माझ निकै उत्साहित मुद्रामा देखिनुभएका महासचिव विप्लवले युवाहरुको अभियानले दलाल भ्रष्टहरुको निद हराम भएको बताए ।

महासचिव विप्लवले दलाल संसदीय व्यवस्थाबाट देशलाई मुक्त पार्दै जनताको राज्य सत्ता स्थापना गर्ने बाटोमा दृढतापुर्वक अघि बढ्न युवा कार्यकर्ताहरुलाई निर्देशन दिए। पाटीको आसन्न आर्ठौं महाधिवेशनको सन्दर्भलाई जोड्दै महासचिव विप्लवले यो महाधिवेशन मार्फत् समाजवादी आन्दोलनमा देखा परेका बैचारिक चुनौतीहरुलाई हल गर्ने दावी गरे ।

साथै महाधिवेशन पुर्व सन्ध्यामा राज्यले देखाएको हर्कत प्रति महासचिव विप्लव आक्रोश पाेखे । आक्रोसित मुद्रामा प्रस्तुत हुँदै महासचिव विप्लवले हिजो थवाङमा जुनियर अफिसर रहेको ठाउँमा सिनियर अफिसरको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरेर राज्यले षड्यन्त्र मुलक रबैया देखाएको बताए । राज्यले यस्तै गलत रबैया देखाए फरक ढंगले आन्दोलन अघि बढ्ने बताए ।

युवा अयिभानमा खटेका युवाहरु

अभियानमा सहभागी युवाहरुलाई महासचिव विप्लवले प्रशंशापत्र र पदक प्रदान गरेका थिए। अभियान टीमका तर्फबाट विशेष स्मरणका लागि युवा अभियानमा खट्नेहरूलाई पदक प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता युवा संगठनका केन्द्रीय अध्यक्ष सुदीप, संचालन महासचिव विवश र स्वागत मंतव्य केन्द्रीय सचिव केशवले राखेका थिए । अभियान टीमका तर्फबाट गरेका कामकार्वाहीका बारेमा संक्षिप्त रिपोर्ट राख्ने काम समेत भएको थियो ।

कार्यक्रममा सामना सांस्कृतिक परिवारका तर्फबाट जनवादी गीत प्रस्तुत गरिएको थियो । पदक प्राप्त गरेका सहभागी युवा आरएल पुन मगरले यसभन्दा अगाडिको अभियान भ्रन्दा फरक ढंगले सम्मान गरेकोमा खुशी व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार